ताजा खबर

लेखनाथ साना सहरी खानेपानी संस्थाको स्थापना दिवसमा फूलबारी र हरियाली कार्यक्रम सम्पन्न

   ४ असार २०७७, बिहीबार १७:०४      790 views

लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले घर घरमा हरियाली सबै कार्यालयमा फूलबारीको अभियानलाई अगाडी सारेको छ ।

संस्थाको १९औं स्थापना दिवसको अवसर पारेर सबै प्रकारका कार्यालयहरुमा अनिवार्य रुपमा पूmलबारीको व्यवस्था गरि हरियाली वनाउनु पर्ने सुझाव सहित कार्ययोजनालाई अगाडी बढाएको हो ।


स्थापना दिवसकै अवसर पारेर संस्थाले विहिबार आफना मातहतका कार्यालय परिसरमा फूलबारी बगैंचा निर्माण गरि बिरुवा लगाएको छ भने संस्थाको केन्द्रिय कार्यालय खुदीमा पानीको फोहोरा निर्माण स्थलको शिलन्यास गरेको छ ।


संस्थाका अध्यक्ष विष्णु बरालले शिलन्यास गर्नुभएको कार्यक्रममा उपाध्यक्ष हरिप्रसाद लामिछाने, सचिव मुरारी शर्मा, कोषाध्यक्ष रक्षा भटराई र क्षेत्रिय संयोजक बासुदेव लामिछाने लगाएतले सबैको साथ र सहयोगले संस्थाले उपभोक्तालाई शुद्ध र सफा पानी खुवाउन सफल भएको बताएका थिए ।


संस्थाको १९औं स्थापना दिवसकै अवसरमा भवानी कालिका मा.वि परिसरको बोरिङ, लप्सीडाँडा पानी टंकी, बेगनास सहलगानी कार्यालय, पिपलसारे सहलगानी कार्यालय, अर्चले ठुली पोखरी र डाडाकोनाक पानी टंकी कार्यालय परिसरमा फूलका बिरुवा लगाउने काम सम्पन्न भएको छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284