
लोक दोहोरीमा अब्बल दुर्गामाया गुरुङ भन्छन, मलाई टिपिकल गीत मनपर्छ
लोक दोहोरी गीत मार्फत दर्शक श्रोतामाझ स्थापित बनिसकेकी गायिका दुर्गामाया गुरुङले नयाँ गीत ‘हिड्छौ तर्केर’ दर्शक श्रोतामाझ ल्याउने तयारी गरेकी छन् । गीतको अडियो रेर्कड भइसक्यो ।
गीतको म्युजिक भिडियो निर्माण गर्न लागेको उनले बताइन् ।

गीतमा आवाजमा उनलाई गणेश गुरुङले साथ दिएका छन् । स्याङ्गजा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ३ माझकोटमा जन्मिएकी उनी पोखरामा बसेर साँगीतिक क्षेत्रमा निरन्तर सक्रिय छन् ।
वि.सं. २०५१ सालमा लोक दोहोरी प्रतियोगतिाको माध्यमबाट साँगीतिक क्षेत्रमा होमिएकी गुरुङले वि.सं. २०५३ मा रेडियो नेपालमा स्वर परिक्षा उत्तिर्ण गरिन् । सोही वर्ष स्याङजा डाँडा घुम्तिमा गीत रेर्कड गराई साँगीतिक क्षेत्रमा अगाडी बढेकी उनको यात्रा जारी नै छ । गुरुङ कलाकार संघ कास्कीको अध्यक्ष तथा गाउँ शहर दोहोरी साँझको सञ्चालक समेत रहेकी उनले दोहोरी साँझमा समेत आफ्नो प्रस्तुतीलाई निरन्तरता दिइरहेकी छन् ।
हालसम्म १८ वटा एल्बम, निरन्तर तिज गीत र अन्य विभिन्न खालमा गीत गरेर २५ सयको हाराहारीका गीतमा आवाज उनले भरिसकेकी छन् । लोप हुन लागेको टिपिकल गीत गाउन उनलाई मनपर्छ । ‘लोप हुन लागेको टिपिकल सोलो गीत, लोक दोहोरी र बुढापाकाले सुन्न खोज्ने गीत गाउन मनपर्छ’ उनले भनिन् ।
एकल र दोहोरी गीतको अलावा घाँटु, सोरठी, कौरा, देउडा, झोरा, कल्चरल गीत उनले गाउने गर्छिन् । महेन्द्र पुलिस क्लब, दरबार भित्र आर्मीको व्यारेक लगायतका कल्चरल सेन्टरमा समेत काम गरेर आफ्नो गायन प्रतिभालाई निखारता उनले प्रदान गरेकी छन् । पछिल्लो समय मेला, महोत्सव र कार्यक्रममा समेत व्यस्त उनी निरन्तर साँगीतिक क्षेत्रमा अगाडी बढ्ने बताउँछिन् ।
उनले गीत समेत आफै रचना गर्छिन् ।
पछिल्लो क्रममा टिपिकल मौलीक भाका लोप हुँदै गएकोमा उनी चिन्तित छन् । प्रतियोगीतामा भाग लिएर साँगीतिक क्षेत्रमा आगमन भएकी उनले विभिन्न पुरस्कार जितिसकेकी छन् । कार्यक्रमको शिलशिलामा जर्मन, युके, हङकङ, कोरिया, जापान, बेल्जियम, दुबई, कतार आदी ठाउँमा पुगीसकेकी गुरुङ यो क्षेत्रबाट प्राप्त गरेको उपलब्धि प्रति सन्तुष्ट छन् ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26