ताजा खबर

वरिष्ठ चलचित्रकर्मी सुकलाल गुरुङलाई लोकबहादुर गुरुङ स्मृति पुरस्कार

   १९ भाद्र २०७९, आईतवार १९:५०      807 views

वरिष्ठ चलचित्रकर्मी ८४ बर्षीय सुकलाल गुरुङलाई संस्कृतिकर्मी स्व. लोकबहादुर गुरुङको स्मृतिमा स्थापित ‘लोकबहादुर गुरुङ स्मृति पुरस्कार’ प्रदान गरिएको छ ।

चलचित्रमार्फत गुरुङ समुदायको श्रीबृद्धिका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै पोखरामा आइतबार आयोजित स्व. लोकबहादुर गुरुङको ८औं स्मृति दिवसमा उहाँलाई सम्मान गरिएको हो ।

पोखराको लेकाली चुल्हो घरमा आयोजित औपचारिक कार्यक्रममा उहाँलाई गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङ, लोकबहादुर गुरुङका धर्मपत्नी सीता गुरुङ, आयोजक लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) लगायतले फेटा लगाइदिँदै नगद ३५ हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

लामो समय विभिन्न गुरुङ चलचित्रहरु मार्फत जिवन्त अभिनय गरी दर्शकको मनमा बस्न सफल चलचित्रकर्मी गुरुङले स्व.लोकबहादुर गुरुङद्धारा निर्मित तथा निर्देशित धेरै चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँले चों, क्रमु, हेर्बै ट, धिं, कर्म, नकए फुँ, थु लगायतको चलचित्रहरुमा अभिनय गर्नुभएको छ ।

विक्रम सम्बत १९९५ वैशाख १ गते बाबा विरध्वज गुरुङ र आमा डिलसुवा गुरुङको कोखबाट कास्कीको लेखनाथ रिट्ठेपानीमा जन्मिनु भएका गुरुङको हालको बसोबास भने पोखरा महानगरपालिका वडा नं. १० मिलनटोलमा रहेको छ ।

वरिष्ठ संस्कृतिकर्मी, गीतकार, संगीतकार, चलचित्र निर्देशक तथा अभियान फिल्मस प्रा.लि.का निर्माता निर्देशक एवम तमू संसार पत्रिकाका संस्थापक प्रकाशक सम्पादक लोकबहादुर गुरुङको २०७१ साल भदौ १९ गते निधन भएको थियो ।

उहाँको नाममा गठन भएको प्रतिष्ठानले हरेक वर्ष उहाँको स्मृति दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । यस पुरस्कारबाट गतवर्ष गुरुङ पत्रकार एवं गीतकार आश गुरुङ (लमजुङ) लाई सम्मानित गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284