ताजा खबर

वाताबरण दिवसको अवसरमा बृक्षारोपण

   २२ जेष्ठ २०७६, बुधबार २२:४४      2,552 views

बिश्व वातावरण दिवसको अवसर पारी बाबा फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा न्यूरोडको सयुक्त आयोजना र पोखरा महानगरपालिका र ओविफर्ट अर्गानिक मलको सहयोगमा बिगतका बर्षमा बृक्षारोपण गरिएको बिरुवाहरुको गोडमेल र बाकी रहेको ठाउमा बृक्षारोपण गरिएको छ ।

‘स्वच्छ वायु, स्वच्छ जीवन’ भन्ने नाराका साथ पोखरा महानगरपालिका वडा नं ८ स्थित न्यूरोडमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बिश्वमा बढ्दो पर्यावरणीय असन्तुलनलाई रोकथाम गर्न सडक किनारामा करिब ५० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पुष्पकमल पौडेलले बताए ।

वायु प्रदूषण अहिले हाम्रो मात्र नभएर सिङ्गो विश्वको चिन्ताको विषय हो, यसले स्वास्थ्य, कृषि, जलवायु लगायत क्षेत्रमा प्रत्यक्ष असर र्पुयाएको हुदाँ गुणस्तरीय हावा पाउन मानिसहरूका लागि चुनौती बनेको छ कार्यक्रका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले बताए ।

बाबा फाउण्डशनका अध्यक्ष दिलिपराज श्रेष्ठले बृक्षारोपण गर्नु मात्रै नभई यसको संरक्षणमा ध्यान दिदै गत बर्षहरुमा रोपिएका बिरुवा गोडमेल कार्य गरेकोे बताए । वातावरणीय सन्तुलनलाई कायम राख्दै हराभरा हरीयाली कायम गर्न फाउण्डेशनले बृक्षारोपण कार्यक्रम संचालन गर्दै आएको बताए ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284