विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङमा प्रदर्शन जारी
हङकङ सरकारले विवादास्पद सुपुर्दगी विधेयक स्थगित गर्ने घोषणा गरे पनि विधेयकको विरोधमा सुरु भएको प्रदर्शन अझै रोकिएको छैन ।
सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा लाखौं मानिस सडकमै उत्रिएर प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीहरुले हङकङ र चीनबीचको रेल–वे सेवा नै अबरुद्ध गरेर प्रदर्शन गरेपछि सरकार अप्ठ्यारोमा परेको छ ।
प्रदर्शकारीले हङकङको वेष्ट कोउलुन रेल वे स्टेसनमा धर्ना दिई चीन जाने रेल रोकेपछि सयौं यात्रु अलपत्र परेका छन् ।
हङकङको मुख्य शहरमा भेला भएका प्रदर्शनकारीले प्रहरीले दमन गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी आत्म सुरक्षाका लागि छातासहित प्रदर्शनमा उत्रेका थिए ।
सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाईते भएका छन् । हङकङमा केही सातादेखि सुपुर्दगीसम्बन्धी विधेयकका विरोधमा प्रदर्शन भइरहेको छ ।
प्रदर्शन चर्किँदै गएपछि हङकङ सरकारले प्रदर्शनका तस्बिर सामाजिक सञ्जालमा राख्न रोक लगाएको थियो । त्यसपछि प्रदर्शनकारीहरु झन् आक्रोसित बनेका छन् ।
उनीहरुले विधेयक संसद्बाट स्थगित गरे पनि हङकङका कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने र विधेयक खारेज नै गर्नुपर्ने माग गर्दै आएका छन् ।(एजेन्सी)
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09