
विशाल सुनचाँदी दुकानद्धारा सिद्ध माविलाई रु ५१ हजार सहयोग
जुना थापा
विशाल सुनचाँदी दुकान रामबजारका प्रोपाइटर डिल्लीराम विश्वकर्माले स्वर्गीय श्रीमती तुलसी विश्वकर्माको स्मृतिमा पोखरा १५ फलेपाटनस्थित सिद्ध माविलाई रकम सहयोग गर्नुभएको छ ।

अक्षयकोष स्थापनार्थ रु ५१ हजार ५ सय ५५ नगद विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालालाई प्रदान गर्दै शैक्षिक उन्नयन र विद्यार्थीको हितका लागि सहयोग गरेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेलले वडाको एकमात्र सामुदायिक विद्यालय सिद्ध माविमा निम्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने र उनीहरुको शैक्षिक प्रगतिका लागि विद्यालय प्रशासन मात्र नभई वडा नम्बर १५ पनि लागी परेको बताउनुभयो ।
समाजका सहयोगी एवं समाजसेवीहरुको सहयोगद्धारा स्थापित अक्षयकोषको मूलधन खर्च नगरी व्याजबाट आएको रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री, खाजा, लत्ताकपडाजस्ता आवश्यकतानुसार खर्च गरिने पौडेलले बताउनुभयो ।
विश्वकर्मा परिवारको सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै सहयोग प्रदान गर्नुभएकोमा प्रधानाध्यापक कोइरालाले धन्यवाद दिनुभयो । हालसम्म १८ लाख ४७ हजार संकलन भएका पनि कोइरालाले बताउनुभयो ।
कार्यक्रममा अक्षयकोष स्थापनाकर्ता एवं विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष शिवबहादुर बानियाँ, वडा सदस्य पार्वती कार्कीलगायतको सहभागिता रहेको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26