ताजा खबर

विश्वभर छरिएर रहेका ताङतिङबासीबीच प्रथम जुम मिटिङ सम्पन्न

   ७ श्रावण २०७७, बुधबार १७:१५      1,354 views

टौ गुरुङ


कास्कीको मादी गाउँपालिका वडा नं २ ताङतिङ जन्मभूमि भई हाल विश्वभर छरिएर रहेका ताङतिङबासीको साझा प्लाटफर्म “ताङतिङ ग्लोबल नेटवर्क” ले प्रथम जुम मिटिङ सम्पन्न गरेको छ ।


ताङतिङ समाज युकेका अध्यक्ष एवम् लण्डन बरो अफ बारनेटको उपमेयर काउन्सिलर लक्ष्यबहादुर गुरुङको पहल र संयोजनमा सम्पन्न उक्त मिटिङमा जन्मभूमिसँग सम्बन्धित विविध विषयहरुमा छलफल भएको थियो ।

बैठकले हालै निधन हुनुभएका भुपु माननीयद्धय ताङतिङ समाज युकेका संरक्षक नन्दजंग गुरुङ र मेजर दीपकबहादुर गुरुङ तथा कोभिड १९ बाट विश्वभर मृत्यु भएका सम्पुर्णमा दुःख ब्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।


बैठकमा उपमेयर काउन्सिलर लक्ष्यबहादुर गुरुङले सहभागी सम्पुर्ण गाउँलेहरुलाई स्वागत गर्नुहुँदै प्रथम जुम मिटिङको उद्धेश्यबारे प्रकाश पार्नु भएको थियो ।

बैठकमा पोखरा स्थित ताङतिङ दुधपोखरी तमू समाजघर पोखराको पुनः निर्माण, ताङतिङ कल्याणकारी कोष, ताङतिङ लगानी कम्पनी, ताङतिङ खेल मैदान र ताङतिङको शिक्षाको विकास सम्बन्धि विशेष छलफल भएको थियो ।


यी विषयहरुमा सम्बन्धित व्यक्तित्वहरुले हालसम्मको प्रगति विबरण र त्यसँंग सम्बन्धित अरु कुराहरु सहभागी गाउँलेहरुलाई जानकारी गराउनुभएको थियो ।

साथै बैठकमा मादी गाउँ पालिका वडा नं १ सिक्लेस र वडा नं २ ताङतिङ बीचको सिमाना सम्बन्धमा गहन छलफल भएको थियो ।


मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ र मादी २ का वडा अध्यक्ष एक्कजंग गुरुङले सहभागी गाउँलेहरुलाइ प्रस्तुत प्रस्तावनाहरुबारे नेपाल सरकार र स्थानीय सरकारको पक्षबाट कानुनी प्रावधान, नीति नियम आदिबारे प्रष्ट पार्नुभएको थियो ।

ताङतिङको सर्बाङ्गिण विकास सम्बन्धमा झण्डै साढे चार घण्टा समय लगाएर प्रविधि मार्पmत छलफल गरिएको यो प्रथम ऐतिहासिक बैठक हो ।


बैठकमा नेपाल सहित विश्वभर छरिएर रहेका ताङतिङबासीको सहभागिता रहेको थियो । यस जुम संवादको प्रविधिमा सहयोग र सञ्चालन ताङतिङ समाजका सचिव टौ गुरुङले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284