ताजा खबर

विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोइलाई पोखरामा स्वागत

   २१ श्रावण २०७६, मंगलवार ११:५८      1,312 views

पोखरा आएका विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङ वो चोइलाई पोखरामा स्वागत गरिएको छ । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशले उहाँको स्वागतमा रात्रि भोज आयोजना गरेको हो । स्वागत कार्यक्रममा बोल्दै चोइले नेपाल तेक्वान्दोका लागि सम्भावना भएको क्षेत्र भएको बताए ।

नेपालका सबै ठाउँमा तेक्वान्दो खेल्न सकिने भन्दै नेपालमा यो खेलको राम्रो विकास हुन सक्ने सम्भावना औल्याए । उनले नेपाली खेलाडीहरुपनि यो खेलमा निकै प्रतिभाशालि भएको बताए । नेपाललाई सहयोग गर्न अन्र्तराष्ट्रिय महासंघ तत्पर रहेको उनले विश्वास दिलाए ।

यो खेलको शुरुवात कोरियाबाट भएपनि अहिले संसारभरका विभिन्न २ सय १० राष्ट्रमा यो खेलको प्रभाव रहेको चोइले बताए ।

सो अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल, महासचिव दिपराज गुरुङ्ग, संघका गण्डकी प्रदेश अध्यक्ष जगन गुरुङ्ग, महासचिव रमेश पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, नेपाली सेनाका पृतनापति काजिबहादुर खत्रि, अग्रज पर्यटन व्यवसायि गणेशबहादुर भट्टराई लगायतले स्वागत गर्दै यहाँको तेक्वान्दोको अवस्थाबारे अवगत गराएका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284