
विश्व हिन्दु महासंघ पोखरा महानगर महिला समितिको प्रशिक्षण सम्पन्न
विश्व हिन्दु महासंघ पोखरा महानगर महिला समितिको आयोजनामा शुक्रबार सल्लाहकार स्वागत तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रदेश सभा सदस्य विन्दुकुमार थापाले हिन्दु धर्म संस्कार र संस्कृतिको पक्षमा आफ्नो सधै साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आपसी सद्भाव कायम राख्नका लागि पनि नैतिक शिक्षाको खाँचो औलाउँदै त्यसका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि केदारेश्वर महादेवमणी सेवा आश्रमका पिठाधिश डाक्टर लेखनाथ आचार्यले सनातन हिन्दुहरु लागि परेका व्यक्तिमा चिन्ता भएको तर इमान्दारिता नभएको तथा बताउनुभयो । उहाँले कर्म सगै कर्तव्य पनि निवार्ह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विश्वहिन्दु महासंघले युवा तथा बालबालिकाका लागि अव संस्कृत तथा नैतिक शिक्षाको कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा महिला नेतृ तथा सस्थाका सल्लाहकार सरश्वती गुरुङ्गले संस्थाले सल्लाहकारमा चयन गरेर अझ पनि जिम्मेवारी बढेको बताउनुभयो ।
संस्थाका अध्यक्ष मेनुका बरालको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष शंकर खराल, उपाध्यक्ष पार्वता पौडेल, विश्व हिन्दु महासंघ युवा परिषद् कास्कीका अध्यक्ष युवक लामिछाने, नारी परोपकार केन्द्रका अध्यक्ष शारदा गिरी लगायतले बोल्नुभएको थियो ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52