ताजा खबर

वृहत सरसफाई अभियानद्धारा डस्विन वितरण

   २४ पुष २०७५, मंगलवार १८:०७      1,724 views

पोखरा वृहत उपत्यका सरसफाई अभियानले सरसफाइ अनुगमन समिति पोखरा महानगरपालिका वडा नं. ९ लाई डस्विन वितरण गरेको छ ।

सोही कार्यक्रमा दरबारथोक टोलमा रहेका चण्डीका आमा समुह, दरबारथोक टोल विकास संस्था, चण्डिमाई सेवा समिति, योग केन्द्रलगाएत विभिन्न व्यक्तिहरुलाई पैदल यात्रीका लागि १२ थान डस्बिन बितरण गरिएको हो।

डस्विन वितरण गर्दै वडा अध्यक्ष रामराज लामिछानेले वृहत पोखरा सरसफाईको अभियान नै आफ्नो वडाबाट भएको र अहिले राष्ट्रियस्तरमा अनुकरणीय कार्यक्रम भएकोमा खुशी व्यक्त गर्दै यस अभियानमा लाग्ने सबैप्रति आभार व्यक्त गरेका थिए ।

सो अवसरमा वडा सचिव लोक दर्शन कोईरालाले पोखरा बृहत सरसफाइ अभियानको सकरात्मक प्रभाव देशै भरी परेको वताउँदै वन तथा वातावरण मन्त्रालयले डस्विन उपलब्ध गराएको वताए ।

सरसफाई अभियानको अनुरोधमा बन तथा बाताबरण मन्त्रालय बाताबरण बिभागका निर्देशक झलकराम अधिकारीको पहलमा मन्त्रालयले फोहर संकलन गर्ने डस्विन प्रदान गरेको सचिव कोईरालाले वताए ।

उनले अनुगमनको क्रममा घरमा मरेको बिरालो सेतीनदिको तिरमा फाल्नेलाई पक्रेर पाँच सय जरिवाना गरिएको अनुभव सुनाउँदै हालसम्म निषेधित क्षेत्रमा फोहर गर्ने एक सय २५ जनाले जरिवाना तिरि सकेका जानकारी गराए ।

वृहत पोखरा उपत्यका सरसफाई अभियानका अभियान्ता राम बहादुर पौडेलले अभियानको बारेमा वताउँदै दिनरात, जाडोगर्मी नभनि रातिको विहानदेखि ११ बजेसम्म फोहर फ्याक्नेलाई निगरानी गर्ने सम्पुर्णप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

वडा स्तरिय सरसफाई समिति संयोजक राममाया मानन्धर, अभियानका अध्यक्ष बिष्णुहरि अधिकारी, वडा सदस्यहरु राममाया मानन्धर, नन्दराम गिरि र गिता चम्रकार, चण्डिका आमा पोखरा ७ बाट माछापुच्छ्रे महिला क्लबका अध्यक्ष गीता कुमारी पौडेल र पोखरा १७ बाट ड्याम साइड टोल बिकास संस्थाकी अध्यक्ष शिबमाया श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

चण्डिका आमा समुहकी अध्यक्ष विमला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विना श्रेष्ठले धन्यवाद र संचालन सञ्चारकर्मी खिमा गुरुङले गरेकी थिईन ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284