ताजा खबर

शिक्षक महासङ्घ कास्की घोषणा अवैधानिक : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन

   ११ पुष २०८१, बिहीबार १३:३०      237 views

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीले शिक्षक महासङ्घ कास्की गठन र पदस्थापन अवैधानिक भएको बताएको छ । ‘देशकै सबैभन्दा ठूलो सङ्गठन तथा हालको शिक्षक महासंघको नेतृत्व गर्ने मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र यसको नेतृत्वलाई समेत खबरै नगरी तथाकथित लुकिछिपी गरिएको भनिएको कास्की जिल्लाको शिक्षक महासङ्घ घोषणालाई पूर्णत: अवैधानिक तथा अवाञ्छित क्रियाकलापको रुपमा सङ्गठनले लिएको छ ।’ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका कार्यवाहक अध्यक्ष प्रदिप न्यौपाने र सचिव दामोदर तिमिल्सिनाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बुधबार भएको यो महासङ्घ गठन कार्य शिक्षक एकताको शक्ति कमजोर गर्न खोज्नु, पेसागत आन्दोलनलाई निस्तेज पार्न खोज्नु, शिक्षक शिक्षकबिच टुट, फुट र गुटमा विभाजन गरि डिभाइड एण्ड रुल प्रवृत्तिको सुरुवात गर्नु, शिक्षकका मुद्दालाई ओझेलमा पार्नु र सीमित पदलोलुप व्यक्तिहरुको स्वार्थ सिद्ध गर्ने असफल खेलको रुपमा शिक्षक सङ्गठनले लिएको हुनाले यस्तो खेलमा नलाग्न सम्बन्धित सबैमा सङ्गठनले अनुरोध गरेको विज्ञप्तिमा जनाइएको छ । साथै शिक्षक महासङ्घ सम्बन्धि विवादका विषयमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिका महासचिव हंशबहादुर शाहीको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन भई केन्द्रीय तहमा पटक पटक छलफल भइरहेको परिवेशमा यस्ता गतिविधिले वार्ता, संवादको ढोका बन्द हुने खतरा बढेको भन्दै महासंघीय भावनाको प्रतिकूल हुने गतिविधिमा संलग्न नहुन सम्पूर्ण पेसागत घटक सङ्घ सङ्गठनहरुलाई नेपाल राष्ट्रिय संगठन कास्कीले अपिल गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले आफ्नो सङ्सगठन सदस्यतालाई नजरअन्दाज गरी शिक्षक आन्दोलन कमजोर बनाउने खेलमा लाग्ने प्रवृत्तिहरुको सशक्त प्रतिवाद गर्न कास्की तथा अन्तर्गतका सबै पालिका समितिहरु पूर्ण रुपमा तयार र सक्षम रहेको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284