
शिक्षा तालिम केन्द्र गण्डकीको रोष्टर प्रशिक्षक प्रशिक्षण सम्पन्न
शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशले रोष्टर प्रशिक्षकका लागि प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ ।

तालिम केन्द्र दमौलीको विस्तारित शाखा अमरसिंहमा भएको एकहप्ते प्रशिक्षणमा केन्द्रले गण्डकी प्रदेशका माध्यमिक तहका नेपाली, अड्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयका १ सय ५० जना शिक्षकहरुलाई प्रशिक्षित गराएको हो ।
प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्दै शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपालहरि रानाभाटले रोष्टर प्रशिक्षणले गण्डकी प्रदेशमा विषयगत रुपमा दक्ष, योग्य र अब्बल प्रशिक्षक तयार भएको बताउनुभयो ।
रानाभाटले अब हुने टिपिडी तालिममा उहाँहरु मध्येकाले नै अन्य शिक्षकलाई प्रशिक्षण दिने बताउँदै प्रशिक्षकहरुलाई आफ्नो ज्ञान र क्षमताको प्रर्दशन गर्न तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।
त्यस्तै तालिममाले प्रशिक्षकहरुमा ताजगीकरण, सिकाइका नवीनतम कला, शिक्षण सिकाइ सहजीकरणको नवीन विधिको ज्ञान, सिकाइमा सूचना प्रविधिको प्रयोगसम्बन्धी ज्ञानको विकास भएको बताउँदै प्रशिक्षण सफल भएको बताउनुभयो ।
कार्यक्रममा तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाट र विज्ञान विषय प्रशिक्षक रुद्रमणि पौडेलले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
तालिम केन्द्र गण्डकी प्रदेशका शाखा अधिकृत विदुरहरि आचार्यले सञ्चालन गरेको कार्यक्रममा सहभागीको तर्फबाट जुना थापा र गोपालबाबु मरहठ्ठाले आफ्ना भनाई राखेका थिए ।
आजको खबर
Follow Us

गण्डकीमा सरकारी कामकाजमा गुरुङ र मगर भाषालाई मान्यता
२५ असार २०८२, बुधबार १३:३१

यस वर्षको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई
२५ असार २०८२, बुधबार १९:५८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38