ताजा खबर

श्रम ऐन तथा सामाजिक सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

   ८ असार २०७६, आईतवार २०:१५      2,266 views

नेपाल ट्रेड युनियन कांग्र्रेस कास्कीको आयोजना तथा नेपाल कारखाना श्रमिक संघ कास्कीको समन्वयमा श्रम ऐन तथा योगदान मा आधारित सामाजिक सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम नेपाल टे«ड युनियन कांग्रेसको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय सल्लाहकार रामजी कुवरले ब्यानरमा हस्ताक्षर गरि कार्यक्रमको उद्घाटन गरेका थिए।


नेपाल टे«ड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले कारखानाका श्रमिकहरुको माग सम्बोधनको लागि श्रमिक कुनै पनि संगठनमा आवद्ध हुन जरुरी रहेको र संगठन विना मागहरु पूरा नहुने अवस्था अहिले उद्योगमा देखिएको जनाएका छन्। तल्लो निकायको पारिश्रमिक बृद्धि हुँदा माथिल्लो तहको पारिश्रमिक अबश्य बढ्ने कुरा माथिल्लो तहका श्रमिकले बुझ्नु जरुरी रहेको समेत बताएका थिए।


विशिष्ट अतिथि नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष ललित श्रेष्ठ, उप महासचिव इश्वर परियार, गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, नेपाल टे«ड युनियन कांग्रेस राष्ट्रिय समिति सदस्य जितबहादुर गुरुङ, नेपाल कारखाना श्रमिक संघका केन्द्रिय अध्यक्ष अमृत लाल जोशी, उप–महासचिव केशवराज भट्टराई, प्रदेश अध्यक्ष अनिल बास्ताकोटिले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए। भने ललित श्रेष्ठ, ईश्वर परियार र अमृतलाल जोशी ले श्रम ऐन तथा सामाजिक सुरक्षा सम्बन्धि प्रशिक्षण दिएका थिए।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284