ताजा खबर

सजिलो वचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न

   २० भाद्र २०७६, शुक्रबार १८:५६      2,087 views

मीना थापामगर

सजिलो बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १९ लामाचौरको छैठौं वार्षिक साधारणसभा गण्डकी प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री माननीय लेखबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

मन्त्री थापाले सहकारी राष्ट्रिय अर्थतन्त्रको तीन खम्बे अर्थ नीतिको रुपमा रहेको बताउँदै गण्डकी प्रदेशमा झण्डै ३६ सय सहकारी रहेको र ६५ अर्वभन्दा बढीको पूँजी परिचालन भएको जानकारी दिनुभयो । यसले गर्दा सहकारी र जनसमुदाय विचको सम्बन्ध प्रगाढ रहनुका साथै छरिएर रहेको पुँजीलाई एकतिृत गरी रोजगारी र व्यवसाय सिर्जना भएको बताउनुभयो ।

पोखरा महानगरपालिका सहकारी सञ्चालन विभागका प्रमुख तेजनारायण अधिकारीले स्थानीय तहको नीति नियम निर्माण गर्नुका साथै एक व्यक्ति एक सहकारी भन्ने मुल नारालाई सार्थक पार्नुपर्नेमा जोड दिनुभयो । कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदिप ढकालले सहकारी संस्थाले नाफामुखि भन्दा पनि दिर्घकालीरुपमा सेयर सदस्यहरुको हितको लागि लाग्नुपर्ने बताउनुभयो ।


सभामा पोखरा महानगरपालिका वडा नं. १९ का वडाध्यक्ष्य सोभामोहन पौडेल, वडा नं. १६ का वडाध्यक्ष जीवन आचार्य, संस्थाका निवर्तमान अध्यक्ष गिरधारी शर्मा लगायतले सहकारीको मर्म, भावना र सिद्धान्त अनुरुप सेयर सदस्यलाई आफ्नै संस्थाबाट आर्थिक कारोबार गर्न आग्रह गरे ।
कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष गिरधारी शर्मा, जेष्ठ सेयर सदस्य दिलबहादुर भण्डारी र सेयर सदस्य रत्नकुमारी भण्डारीलाई सम्मान गरिएको थियो ।


संस्थाको छैठौं वार्षिकोत्सवको अवसरमा सम्पन्न गरिएको पोखरा वडा नं. १६ र १९ स्तरीय निवन्ध प्रतियोगितामा २२ जनाको सहभागिता रहेको थियो । जसमा सजिलो बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १९ लामाचौरका सदस्य दिनेश भण्डारी प्रथम, साना किसान कृषि सहकारी संस्था लि. चितेपानीका सचिव शिव प्रसाद पौडेल द्धितिय, सजिलो बचत तथा ऋण सहकारी संस्थाका मंगीता नेपाली तृतीय र सामुदायिक महिला विकास सहकारी, लामाचौरका सदस्य सम्झना भण्डारी सान्त्वना हुन सफल भए । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय तथा सान्त्वना पुरस्कार स्वरुप क्रमशः रु. ८ हजार, ६ हजार, ४ हजार, २ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


संस्थाका अध्यक्ष निर्मल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव तेजप्रसाद अधिकारीले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष अजय भण्डारी (हिरु) ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284