ताजा खबर

सहकारी बैंकको वार्षिक समिक्षा पोखरामा शुरु

   ९ श्रावण २०७६, बिहीबार १९:०७      1,307 views

राष्ट्रिय सहकारी बैंक लिमिटेडको गत आर्थिक वर्षको यथार्थ अवस्था र चालु आर्थिक वर्षको वार्षिक समिक्षा तथा योजना तयारी गोष्ठी बिहीबारदेखि गण्डकी प्रदेशको पोखरामा शुरु भएको छ ।


बैंकले विगतमा गरेका प्रभावकारी कार्यहरुको प्रवद्र्धनका साथै थप प्रभावकारी कार्य गर्नका लागि योजना निर्माण गर्ने उदेश्यका साथ गोष्ठी आयोजना गरिएको बैंकले जनाएको छ ।
२ दिनसम्म सञ्चालन हुने गोष्ठीको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले गर्नु भएको थियो ।


सो अवसरमा बोल्दै उहाँले सहकारीमार्फत आर्थिक समृद्धिको अभियान सफल पार्नका लागि राष्ट्रिय सहकारी बैंकको भूमिका थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको छ । सहकारी क्षेत्रमा थुप्रै अवसरहरु भए पनि त्यसलाई प्रभावकारी रुपमा आम जनताका बीचमा पु¥याउन नसकिएको भन्दै उहाँले प्रदेश, स्थानीय तह र अन्य सरोकारवालाहरुबीच समन्वय गरेर अगाडि बढ्नु पर्ने उहाँको भनाइ छ ।


राज्यले सहकारीका लागि बनाएका कानुनहरु अझै सहकारीमैत्री बन्न नसकेको भन्दै उहाँले अभियानको सक्रियता र समन्वयमा सुधार गरिने बताउनु भयो ।
कार्यक्रममा सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारी संघ संस्थाहरुलाई आवश्यक वित्तीय लगायत सबै सेवा दिन बैंक सक्षम रहेको बताउनु भयो । उहाँले सहकारीमार्फत गरिवी निवारणका लागि सहकारी क्षेत्रको सवलीकरणका लागि बैंकले ल्याएका योजनाहरुसंग समन्वय गर्न सहकारी अभियानकर्मीहरुलाई उहाँले आव्हान गर्नु भयो ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक भीम गुरुङ, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण अधिकारी, पोखरा महानगरपालिका सहकारी समन्वय समितिका अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष सुदिप ढकाल लगायतले सहकारीको समग्र विकासका लागि बैंकका कार्यक्रमहरु प्रभावकारी बन्दै गएको बताउनु भयो । उहाँहरुले सहकारी संघ संस्थाहरुलाई उत्पादन, प्रशोधन र बजारीकरणमा केन्द्रीत गर्नका लागि बैंकका योजनाहरु थप प्रभावकारी बनाउन सुझाव दिनु भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284