
सात बिरामीलाई तमु धिं नेपालले साढे ३ लाख सहयोग
आर्थिक अभावका कारण उपचार गर्न समस्यामा परेका ७ बिरामीलाई तमु धिं नेपालले शनिवार ३ लाख ५० हजार रुपैया सहयोग हस्तान्तरण गरेको छ। पोखरा ९ नयाँबजार स्थित तमु धिंमा आयोजित कार्यक्रममा तमु धिं नेपालका परम आदरणीय / परम संरक्षक स्वर्गीय मेजर जय- स्व.उदय चन्द्र – मेजर्नी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषको ब्याजबाट तमु धिंले सहयोग हस्तान्तरण गरेको हो।

कार्यक्रममा कोषदाता तमु धिं नेपालका परम आदरणीय मेजर्नी रुपकुमारी गुरुङ, लक्ष्मी गुरुङ र तमु धिं अध्यक्ष हुमबहादुर गुरुङले बिरामीहरुलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दै जनही ५० हजार रुपैयाका दरले सहयोग हस्तान्तरण गरिएको हो । उपचार सहयोग प्राप्त गर्ने बिरामीहरुमा पर्वत फलेवास नगरपालिका ८ का युसेफ नेपाली, मादी गाउँ पालिका ५ की माया कुमारी गुरुङ, स्याङ्जा पुतलीबजार नगरपालिका ११ की अनु गुरुङ, रुपा गाउँ पालिका ५ का चन्द्र बहादुर गुरुङ, मादी गाँपालिका ३ कि रिता पौडेल, माछापुच्छ्रे गाउँ पालिका ३ की दरिमाया पुन र क्होला सोंथार ४, भुजुङ लमजुङका कृष्ण बहादुर गुरुङ रहेका छन ।
तमु धिं नेपालमा स्थापित एक करोड १५१ रुपैयाको स्व.मे.जय-स्व.उदयचन्द्र-मेजर्नी रुपकुमारी स्वास्थ्योपचार कोषको ब्याजबाट एक बर्षमा पन्ध्र जना बिरामीलाई उपचार सहयोग गरिएको तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभयो ।
अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मेजर्नी रुपकुमारी गुरुङले बिरामीहरुलाइ आशिर्वाद प्रदान, वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले स्वागत र महासचिव जुनाकुमारी गुरुङको कार्यक्रम संचालन गर्नुभएको थियो ।
आजको खबर
Follow Us

भानु जयन्तीको अवसरमा ‘रूपा काव्य’ उत्सव सम्पन्न
२९ असार २०८२, आईतवार १४:२४
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38