ताजा खबर

सामुदायिक मावि स्तरीय भलिवल प्रतियोगितामा छात्रातर्फ सेमीफाइनल र छात्रतर्फ क्वाटरफाइनल समीकरण पुरा

   ११ माघ २०७५, शुक्रबार ०८:४३      2,299 views

पोखरा रंगशालामा जारी कास्की जिल्ला स्तरिय प्रथम सृजना कप सामुदायीक मावि छात्र / छात्रा भलिवल प्रतियोगितामा छात्रतर्फ क्वाटरफाइनल र छात्रातर्फ सेमीफाइनल समीकरण पूरा भएको छ ।

कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विहीबार सम्पन्न खेलहरुसँगै छात्रतर्फ क्वाटरफाइनल र छात्रातर्फ सेमीफाइनल समीकरण पूरा भएको हो ।

प्रतियोगिता अन्तर्गत विहीबार छात्रातर्फका २ वटा सेमीफाइनल खेलहरु सम्पन्न भए । विहीबार जनप्रिय माविले शान्त माविलाई २५–५ र २५–१३ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा सुनिश्चित ग¥यो । त्यस्तै विहीबारै भएको अर्को खेलमा तालवाराही माविले सिद्ध माविलाई २५–२१ र २५–७ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल पुग्यो । यसअघी बुधबार भएको खेलमा जित हात पार्दै जनप्रिय मावि र छोरेपाटन मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतियोगिता अन्तर्गत विहीबार छात्रतर्फ प्रि क्वाटरफाइनलका ८ खेल सम्पन्न भए । विहीबार भएको खेलमा छोरेपाटन माविले तालवाराही माविलाई २३–२५, २५–२० र २५–१८ ले पछि क्वाटरफाइनलको यात्रा तय ग¥यो ।

त्यस्तै, कालिका माविले सिद्ध माविलाई २५–१८ र २५–१४, राष्ट्रिय माविले गौरीशंकर मावि हेमजालाई २५–१५ र २६–२४, भद्रकाली माविले बहादुरे माविलाई २५–१६ र २५–१९, गौरीशंकर मणिलाल माविले छोरेपाटन माविलाई २५–२३ र २५–१८, शारदा माविले सिद्धवराह माविलाई २५–२० र २५–२१ तथा मेश्रम वराह मावि घान्द्रुकले भविष्य निर्माण माविलाई २५–२० र २५–१६ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल यात्रा सुनिश्चित गरे ।

विहीबारै भएका अन्य खेलहरुमा गोगन माविले महेन्द्र माविलाई २०–२५, २५–१९ र २५–२३, लक्ष्मी माविले शिवशक्ति माविलाई १४–२५, २५–१४ र २५–२० तथा कालिका माविले विरेठाँटी माविलाई २५–१८, २०–२५ र २५–१५ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको प्रतियोगिता संयोजक बुद्ध सिंहले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार छात्रातर्फका सेमीफाइनल तथा छात्रतर्फका क्वाटरफाइनल र सेमीफाइनलका खेलहरु हुने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनका अनुसार शुक्रबार छात्रातर्फको सेमीफाइनलमा जनप्रिय मावि र छोरेपाटन मावि तथा बाल मन्दिर मावि र तालवाराही मावि फाइनल प्रवेशका लागि भिड्नेछन् ।

यसैगरी शुक्रबार छात्रतर्फका क्वाटरफाइनलका खेलहरुमा लक्ष्मी मावि र शारदा मावि, गोगन मावि र राष्ट्रिय मावि, कालिका माविले मेश्रम वराह मावि तथा भद्रकाली माविले गौरीशंकर मणिलाल माविसँग प्रतिष्पर्धा गर्नेछन् । क्वाटरफाइनल खेल सकिएलगत्तै छात्रतर्फका सेमीफाइनल खेलपनि शुक्रबारै हुने प्रतियोगिता संयोजक बुद्ध सिंहले जानकारी दिए ।

बुधबारदेखी शुरु भएको प्रतियोगिता माघ १२ गते शनिबारसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि बिजेताले ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


süpürge servisi garantisi Profesyonel hizmetleri sayesinde her şey sorunsuzdu. https://uptoscreen.com/read-blog/33497

Written by süpürge servisi garantisi 2024-11-03 01:29:59

Keep up the fantastic work! Kalorifer Sobası odun, kömür, pelet gibi yakıtlarla çalışan ve ısıtma işlevi gören bir soba türüdür. Kalorifer Sobası içindeki yakıtın yanmasıyla oluşan ısıyı doğrudan çevresine yayar ve aynı zamanda suyun ısınmasını sağlar.

Written by kalorifer soba 2024-10-22 18:27:18

Bwer Company is a top supplier of weighbridge truck scales in Iraq, providing a complete range of solutions for accurate vehicle load measurement. Their services cover every aspect of truck scales, from truck scale installation and maintenance to calibration and repair. Bwer Company offers commercial truck scales, industrial truck scales, and axle weighbridge systems, tailored to meet the demands of heavy-duty applications. Bwer Company’s electronic truck scales and digital truck scales incorporate advanced technology, ensuring precise and reliable measurements. Their heavy-duty truck scales are engineered for rugged environments, making them suitable for industries such as logistics, agriculture, and construction. Whether you’re looking for truck scales for sale, rental, or lease, Bwer Company provides flexible options to match your needs, including truck scale parts, accessories, and software for enhanced performance. As trusted truck scale manufacturers, Bwer Company offers certified truck scale calibration services, ensuring compliance with industry standards. Their services include truck scale inspection, certification, and repair services, supporting the long-term reliability of your truck scale systems. With a team of experts, Bwer Company ensures seamless truck scale installation and maintenance, keeping your operations running smoothly. For more information on truck scale prices, installation costs, or to learn about their range of weighbridge truck scales and other products, visit Bwer Company’s website at bwerpipes.com.

Written by truck scale suppliers in Iraq 2024-10-09 19:25:53
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284