ताजा खबर

साहित्यकार सुमलकुमार गुरुङसँग गुरुङ साहित्यिक मञ्चको साक्षत्कार कार्यक्रम सम्पन्न

   ३१ जेष्ठ २०७६, शुक्रबार २१:५९      1,971 views

गुरुङ साहित्यिक मञ्च नेपालले आज एक कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायका अध्यक्ष सुमलकुमार गुरुङसँग साक्षत्कार कार्यक्रम सम्पन्न गरेको छ ।


विगत लामा समयदेखि बेलायतलाई कर्मथलो बनाएर नेपाली साहित्यमा कलम चलाउदै आउनु भएका गुरुङको कविता, कथा, नियात्रा गरि करिब आधा दर्जन कृति प्रकाशित रहेका छन् ।

पर्वतको चित्रेमा जन्मेर भारतमा शिक्षा दिक्षा प्राप्त गर्दै भारतीय सेनाबाट निवृत्त हुनुभएका गुरुङले सेनाबाट निवृत्त भएपछि लुम्ले कृषि अनुसन्धान केन्द्रमा समेत काम गर्नुभयो ।


त्यसपछि हङकङ हुँदै हाल बेलायतमा बसोबास गर्दै आउनुभएका गुरुङले आज साक्षत्कार कार्यक्रममा आफनो साहित्यिक अनुभव सुनाउँदै आफू १२ वर्षको उमेरदेखि नै कविता र निबन्ध लेखेर यस क्षेत्रमा लागेको भन्दै सेनामा रहँदाको १५ वर्ष पाँच महिना यस क्षेत्रसँग आफनो यात्रा टुटेको बताउनु भयो । अहिले सेवा निवृत्तपछि पुनः साहित्यकै यात्रामा आफू जोडिएको उहाँको भनाई छ ।

कार्यक्रममा सहभागिहरु तुलबहादुर गुरुङ, युगबहादुर गुरुङ, अमृत गुरुङ र गौरी गुरुङले साहित्यको विभिन्न विषयमा केन्द्रित भएर साहित्यकार सुमलकुमार गुरुङसँग प्रश्न गरेका थिए ।
सोधिएका प्रश्नहरुको जवाफ दिँदै उहाँले आफूले लेखेको कतिपय कथाहरु काल्पनिक नभई यथार्थपरक रहेको भन्दै सहभागिहरुलाई कथा कसरी लेख्ने भन्ने तरिका समेत सिकाउनु भएको थियो । कार्यक्रममा उहाँले दुई वटा मुक्तक र एउटा गजल समेत वाचन गर्नुभएको थियो ।

यसैबीच मञ्चलले आफनो नियमित रचना वाचनको नवौं श्रृङखला पनि आजै सम्पन्न गरेको छ । कार्यक्रममा तुलबहादुर गुरुङ, रेनु गुरुङ, चिजकाजी गुरुङ, जसु गुरुङ, दीपक गुरुङ, रोशनी गुरुङ, तीर्थ गुरुङ, गौरी गुरुङ लगायतले गुरुङ र नेपाली भाषामा रचना वाचन गरेका थिए ।


कार्यक्रमको सुरुमै मञ्चका कोषाध्यक्ष एवम् चलचित्र निर्देशक जसु गुरुङले निर्देशन गरेको चलचित्र म्ले क्यु (बिर्साउने पानी)ले हालै काठमाडौंमा सम्पन्न तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट निर्देशकको उपाधी जितेको खुसीयालीमा मञ्चको तर्फबाट दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा गुरुङ साहित्यिक मञ्च नेपालका शुभचिन्तक भोजपुर स्थायी घर भई हाल बहराइनमा कार्यरत गजलकार सुन्दर गुरुङले प्रकाशन गर्नुभएको कृति समय आएपछिको पोखरा विमोचन समेत गरिएको छ ।

मञ्चका अध्यक्ष गौरी गुरुङ, साहित्यकार सुमलकुमार गुरुङ, पाठशाला पुस्तकका लेखक तीर्थ गुरुङ, तमू साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङ र नवदिप बोर्डिङ स्कूलका प्राचार्य तथा गायिका कौशल्य गुरुङले सो कृतिको सामुहिक रुपमा विमोचन गर्नुभएको थियो । कृतिको यसअघि काठमाडौंमा विमोचन भईसकेको छ ।

होटल टाक्स इन्टरनेशनलको मुन्धुम सभाहलमा गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव रोशनी गुरुङले सञ्चालन गर्नुभएको थियो भने कोषाध्यक्ष जसु गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284