ताजा खबर

सिक्लेसका अग्निपिडित दुर्गा परियारलाई मादी गाउँपालिकाको तर्फबाट ३० हजार सहयोग

   २५ बैशाख २०७७, बिहीबार १८:५२      1,777 views

कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेस धप्राङथर निवासी अग्निपिडित दुर्गा परियारलाई मादी गाउँपालिकाको तर्फबाट ३० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरिएको छ ।


गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम), वडा नं. २ का वडा अध्यक्ष एकजंङ गुरुङ र कार्यपालिका सदस्य कल्पना गुरुङको विशेष उपस्थितीमा पिडित परियारलाई नगद ३० हजार रुपैयाका साथै दुई बोरा चामल, दुई किलो दाल, दुई किलो नून, दुई किलो चिनी र दुई लिटर तेल समेत गाउँपालिकाको तर्फबाट उपलब्ध गराएको मादी २ का वडा अध्यक्ष एकजंङ गुरुङले जानकारी दिनुभयो ।

सहयोग रकम प्रदान गर्दै गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले पिडित परियारले अब नयाँ घर निर्माण गाउँपालिकाको तर्फबाट घर छाउने जस्ताको पाता सहयोग स्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।


गत वैशाख २० गते परियारको घरमा आगलागी हुँदा लत्ताकपडा, भाँडाकुँडा, अन्नपात सबै जलेर नष्ट भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284