ताजा खबर

सिक्लेस माघे संक्रान्ति मेला, खुल्ला नृत्य प्रतियोगिताको उपाधि आदिम कला मञ्चलाई

   ३ माघ २०७६, शुक्रबार १५:०६      1,711 views

हुम तमु

सिक्लेस युवा क्लवको २५ औं वार्षिकोत्सव तथा माघे सक्रान्ति मेलाको दोश्रो दिन बेलुका आयोजित खुल्ला सामुहिक नृत्य प्रतियोगिताको उपाधि आदिम कला मञ्च पोखराले जितेको छ ।

उत्कृष्ठ नृत्य प्रस्तुत गर्दै प्रथम हुन सफल आदिम कला मञ्च ४० हजार रुपैयासहित ट्रफी तथा प्रमाणपत्र सहित पुरस्कृत भयो। प्रतियोगितामा दोश्रो बनेको डढुवा दुर्छा तमु समाज पोखरा नगद ३० हजार र तेश्रो भएको खिलाङ गाँउको नृत्य टोलीले २० हजार रुपैयासहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत बन्यो।

यसरी नै प्रतियोगितामा उत्कृष्ट नृत्य निर्देशक आदिम कला मञ्चका लब्सन गुरुङ र उत्कृष्ट भेषभुषाको उपाधि हात पार्न सफल सिङदी तमु समाज पोखरा जनह पाँच पाँच हजार रुपैया सहित पुरस्कृत भएको छ। प्रतियोगिताको निर्णायकहरुमा मुख्य निर्णायक लोकनृत्य कलाकार संघका अध्यक्ष केशबहादुर गुरुङ, नृत्य निर्देशकहरु सनबहादुर गुरुङ र पवित्रा गुरुङ रहनुभएको थियो।

सामृहित नृत्य प्रतियोगताका विजेताहरुलाई प्रतियोगिताका प्रमुख अतिथि सिक्लेस पार्चे कल्याणकारी समिति बेल्जियमका अध्यक्ष चोक राज गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो।

यस अघि प्रतियोगिताको दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएका प्रमुख अतिथि गुरुङले मौलिक कला सँस्कृति ठुलो सम्पत्ति भएको बताउनुभयो। उहाँले सिक्लेसको माघे सक्रान्ति मेला रमाइलोको मात्रै नभएर सिक्लेसको इतिहास, वर्तमान र भविष्यसँग जोडिएको महत्वपुर्ण कार्यक्रम भएकाले आफ्नो तर्फबाट सधै सहयोग रहने र सबैलाई मेला भव्यताका साथ सम्पन्न गर्न साथ सहयोगको आग्रह समेत गर्नुभयो। कार्यक्रममा प्रतियोगिताका सहयोगीहरुलाई क्लवका तर्फबाट मायाको चिनो वितरण गरिएको थियो।

विहिवारदेखि मौसम खराबीका कारण सिक्लेस मेला प्रभावित बनेको छ। मौसममा सुधार नआए मेला अवधि लम्बिन सक्ने क्लवका सल्लाहकार तथा पुर्व सचिव देवीजंग गुरुङले बताउनुभयो। माघ १ गतेदेखि ४ गतेसम्म चल्ने मेलाका मुख्य प्रतियोगिताहरु नै झरीका कारण दोश्रो दिन वितिसक्दा सञ्चालन गर्न नपाउदा मेला लम्बिन सक्ने उहाँको भनाई छ।

मेलामा मुख्य प्रतियोगिताको रुपमा खुल्ला पूरुष भलिबल, महिला भलिबल, खुल्ला पूरुष बास्केटबल प्रतियोगितासहित रस्साकस्सी, घुर्रा, आमा समुहको ह्याकुचे लगायतका प्रतियोगिता रहेको छ।

खुल्ला पूरुष भलिबल तर्फ बिजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने क्लवका सचिव बेल गुरुङले बताउनुभयो।उहाँका अनुसार उपबिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद ४४ हजार, ४ सय ४४ प्राप्त गर्नेछ भने प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

पुरुष बास्केटबल तर्फ बिजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद ५५ हजार ५ सय ५५ रुपैया, उपबिजेता टिमलाई ४४ हजार, ४ सय ४४ प्रदान गरिने सचिव गुरुङलेजानकारी दिनुभयो । त्यस्तै महिला भलिबल तर्फ प्रथम टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद २५ हजार र द्वित्तीय बन्ने टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद १५ हजार प्रदान गरिनेछ ।

यस क्षेत्रिय तथा राष्ट्रिय खेलाडीहरुको सहभागीता रहने पुरुष भलिबल तर्फ १४ टिम र काठमाण्डौं समेतबाट सहभागिता रहने बास्केटबल तर्फ १६ टिमको सहभागिता रहेको बताइएको छ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284