
सिमरास्थित हुलास स्टिल इन्डस्ट्रिजमा आगलागी
बाराको सिमरास्थित हुलास स्टिल इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ शनिबार मध्याह्न १२ बजेतिर हुलास स्टिलको कुलिङ टावरमा लागेको आगलागीबाट ४० लाख रुपैयाँभन्दा बढीकोे क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

आगो सल्किरहेको अवस्थामा कर्मचारी त्यहाँ पुगेको बताइएको छ । नेपाल आयल निगम अमलेखगन्ज र जीतपुर–सिमरा उपमहानगरपालिकाको बारुणयन्त्रको सहायतामा करिब ४० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00