ताजा खबर

सीताराम मा.वि.मा पाहार ट्रष्ट नेपालको ३० वर्ष ३० कार्यक्रमको सुरुवात

   ५ फाल्गुन २०७७, बुधबार २१:०८      2,161 views

नेपालको ग्रामिण भेगमा शिक्षा र स्वास्थ्य क्षेत्रमा क्रियाशील संस्था पाहार ट्रष्ट नेपाल स्थापना भएको ३० वर्षमा प्रवेश गरेको छ ।

तीस वर्षको अवसर पारेर ट्रष्टले नेपालको तीस वटा विद्यालयमा तीस वटा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।


जसको सुरुवात आज मादी गाउँपालिका वडा नं. ३ याङ्जाकोटमा रहेको सीताराम माध्यमिक विद्यालयबाट गरेको छ । विद्यालयमा बालविकास केन्द्रदेखि अध्यायनरत विद्यार्थीहरुको शैक्षिक जग बलियो बनाउन र उनीहरुमा निहित क्षमतालाई बढाउन सहयोग पुरयाउने उद्देश्यले ट्रष्टले आज दुईवटा कार्यक्रम एकसाथ गरेको छ ।

तीस वर्षमा तीस कार्यक्रम भन्ने उद्घोषका साथ आजबाट अभियान सुरु गरेको संस्थाले आज सीताराम मा.वि.का विद्यार्थीहरु बीच चित्रकला प्रतियोगिता र रिले दौड सम्पन्न गरेको छ ।

जसमा चित्रकला अन्तरगत भिमसेन वि.क. प्रथम, रोशन गुरुङ द्धितिय र विशाल परियार तृतिय भएका छन् । यस्तै रिले दौड प्रतियोगितामा प्रकाश रानाभाटको समुह प्रथम, चन्द्रप्रसाद पाण्डेको समुह द्धितिय र प्रदिप गुरुङको समुह तृतिय भएको छ ।


दुवै प्रतियोगितामा तीस, तीस जना विद्यालर्थीहरुले सहभागिता जनाएका थिए । बिजेता विद्यार्थीहरुलाई आजै पुरस्कार वितरण गरिएको छ ।


समापन कार्यक्रममा बोल्दै पाहार ट्रष्ट नेपालको तीस वर्षे अभियान अन्तरगत तीस वटा विद्यालयमा गरिने कार्यक्रमका संयोजक लक्ष्मी गिरीले आफूहरुले आज पहिलो कार्यक्रम मार्फत यो अभियानको सुरु गरेको भन्दै आउने दिनमा विद्यालय र दातासँगको सहकार्यमा अझै राम्रा र गुणस्तरीय कार्यक्रमहरु लिएर आउने बताउनुभयो ।

यस्तै पाहार ट्रष्ट नेपालका कार्यबाहक अध्यक्ष बिजुलीबहादुर गुरुङले आफूहरुले सीताराम मा.वि.मा यसअघि पनि पुस्तकालय स्थापना गरेर काम गरि सकेको र आज तीस वर्षे अभियानको सुरुवात पनि यसै विद्यालयबाट गर्न पाउदा एकदमै खुसी लागेको भन्दै आउने दिनमा विद्यालयसँगको सहकार्यमा अझै थप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

आज शुरु भएको कार्यक्रम आगामी तीन वर्षसम्म विद्यालयमा विभिन्न चरणमा जारी रहने बताउँदै उहाँले विद्यालयको जग बलियो बनाउन साना बालबालिकाहरुकै विकासमा जोड दिनुपर्ने भएकोले आफूहरुको कार्यक्रम पनि साना नानी बाबुहरुमा केन्द्रित रहेको बताउनुभयो ।


पाहार ट्रष्ट नेपालले अहिले देशको २२ वटा जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ भने नेपालका करिब ६० वटा विद्यालयमा पुस्ताकलय स्थापना गरि सकेको छ ।


आजबाट सुरु भएको तीस वटा कार्यक्रम मादी गाउँपालिकाको थप ५ वटा विद्यालयमा पनि सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्र.अ.रुद्रनाथ सापकोटा लगायत अन्य शिक्षक एवम् विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । भने कार्यक्रम सञ्चालन पाहार ट्रष्ट नेपालका कार्यक्रम संयोजक एवम् इञ्जिनियर टेकराज रानाले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284