
सुनगाभाको रजत जयन्ती सम्पन्न
स्याङजाको हरीनाश २, गुर्जामा स्थापित सुनगाभा युवा क्लवले स्थापनाको २५ औ बर्षगाठको उपलक्ष्यमा रजत जयन्ती मनाएको छ ।

रजत जयन्तीको उपलक्ष्यमा वडा स्तरीय भलीवल प्रतियोगिता तथा विविध साँस्किृतिक कार्यक्रम सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य खिम कुमार बि.क हिक्मतले युवा क्लवले समाज परीवर्तन र सचेतनाको लागि बिशेष भुमिका खेल्नुपर्न बताए ।
देशको भविष्य युवाहरुको भविष्य संग जोडिएको छ ,तर्सथ युवाहरु सधै सचेत भएर अगाडी बढनुपर्छ ,उनको भनाई थियो ।
आयोजित भलीवल खेल तर्फ प्रथम हुन सफल थ्री स्टार क्लव मोचावारीले रु.३० हजार शील्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने दोश्रो र तेश्रो हुन सफल परीवर्तन युवा क्लव आग्रीडाडा र आयोजकले क्रमश रु.२० हजार र १० हजार सहित शील्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
साँस्कृतिक कार्यक्रम तर्फ कलाकारहरु विलन थापा ,सविना गुरुङ,विजेन्द्र नौभाग्य ,अरुण थापा साथै क्लवका कलाकारहरुको प्रस्तुति दिएका थिए । कार्यक्रममा समाजसेवी कुमार थापा ,सी.वी थापा लगायतकाले मन्तव्य राखेका थिए ।
क्लवका अध्यक्ष मोहन थापाको अध्यक्ष्यतामा सञ्चालित कार्यकमको सञ्चालन सन्चारकर्मी गोविन्द सिन्जालीले गरेका थिए ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52