सुसँस्कृत राजनीति परिवारबाटै शुरु हुन्छ, राजनीतिज्ञको नीजि जीवन व्यवस्थित हुनुपर्छ’
विवेकशील साझा पार्टी कास्कीले आफ्ना अभियन्ता र अगुवाहरुलाई प्रशिक्षण दिएको छ । लोककल्याणकारी समाजको परिकल्पना गर्नेहरुका लागि प्रशिक्षण आवश्यक रहेकोले आफ्ना पार्टीसँग सम्बन्धित व्यक्तिहरुलाई प्रशिक्षण दिईएको पार्टीले जनाएको छ ।
पोखरा सृजनाचोकस्थित पार्टी कार्यालयमा भएको प्रशिक्षण कार्यक्रममा उत्प्रेरक समेत रहेका विवेकशील साझा पार्टीका केन्द्रीय प्रशिक्षण विभाग सदस्य बिकल शेरचनले सहभागीहरुलाई सहजीकरण गरेका थिए । प्रशिक्षण कार्यक्रममा पार्टीका ६० भन्दा बढि अभियन्ता तथा अगुवाहरु सहभागी भएका थिए ।
‘परिकल्पनादेखि यथार्थसम्म’ शीर्षकमा उत्प्रेरक शेरचनले बोल्दै परिकल्पना र यथार्थ आपसमा धेरै फरक रहेको सुनाए । ‘परिकल्पना निकै राम्रो छ । तर यथार्थ धेरै फरक छ । परिकल्पना र यथार्थबीचको यो दुरी घटाउनलाई अगुवाहरु नै प्रशिक्षित हुन आवश्यक छ ।’ शेरचनले भने ।
उनले पार्टीको मुल्यमान्यतालाई नीजि जीवन र परिवारमा पनि लागु गर्नुपर्ने उनले सुझाए । सुसँस्कृत राजनीति परिवारबाटै शुरु हुने भएकोले वैकल्पिक राजनीति गर्नेहरुले यो कुरालाई विशेष ध्यान दिनुपर्ने उनले बताए ।
यस्तै कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रीय युवा संगठन सँयोजक अब्दुस मियाँले युवापुस्ता मुलधारको राजनीतिमा आउनुपर्नेमा जोड दिए । ‘राजनीतिलाई शिक्षालयको घेराभित्र राखेर मात्रै हुँदैन । अब युवापुस्ताले मुलधारकै राजनीतिमा आफूलाई स्थापित गराउन सक्नुपर्छ ।’ २३ वर्षिय युवा नेता मियाँले भने ।
कार्यक्रममा नेशनल इन्स्टिच्युट फर लिडरशीप डेभेलपमेन्ट प्रालिका कार्यकारी निर्देशक उषा मल्ल सिंहले अहिले राजनीतिमा रहेका व्यक्तिहरुमा नेतागिरी भएपनि नेतृत्व क्षमता भने नभएको बताईन् । विशेष समयमा पाहुना वक्ताको रुपमा बोल्दै मल्लले विवेकशील साझा पार्टीका अगुवाहरुले राजनीतिक नेतृत्व क्षमताको अभाव पुर्ती गर्नुपर्ने सुझाव दिईन् ।
कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी अधिकारी, पार्टीका गण्डकी प्रदेश सँयोजक महेश भण्डारीसँगै जिल्लास्तरिय अभियन्ता तथा अगुवाहरुको सहभागिता रहेको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09