ताजा खबर

‘सुस्तरी सुस्तरी’ अभिनयमा छाइन् अनु थापा

   ४ भाद्र २०८०, सोमबार २०:३२      2,382 views

“म जहाँ जान्छु मेरो अभिनयका लागि त्यहीँ कथा पाउँछु”– अनु

मिना थापा मगर पोखरा ।


अनु थापा, अहिलेको चर्चित गीत ‘सुस्तरी, सुस्तरी’ का मोडल हुन् । नेपाली सांगीतिक क्षेत्रका धरोहर सदावहार गायक एस कुमारले उक्त गीतको अभिनयका लागि विगत दुई वर्ष अघि नै अनुलाई प्रस्ताव गरेका थिए । यस अघि अनुले थुप्रै नाटक, लघु चलचित्र, चलचित्रमा र म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।


कोही रहरले कलाकार हुन्छन् कोही बाध्यताले । तर अनुलाई यस क्षेत्रमा लाग्न न बाध्यता थियो न त रहर नै । अध्ययनकै शिलशिलामा कलेजमा हुने विभिन्न नाटकसम्बन्धी प्रतियोगिता र वर्कशपमा भाग लिँदै जाँदा आफूले गरेको प्रस्तुति नै उनको लागि एउटा मार्ग बन्यो । उनी भन्छिन्, “त्यो भन्दा अघि मेरो लागि नायक नायिका भनेको त कल्पना बाहिरको कुरा भन्ने लागेको थियो । मैले जीवनमा यसरी कलाकारितामा आउँछु भन्ने सोँच नै थिएन र आफूलाई त्यो क्षेत्रमा सुहाउँछ जस्तो पनि लाग्थेन ।”


गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको वडा नं.–३, ठूलोलुम्पेकमा बालापन बिताएकी अनु आफ्नो बुबा आमाको दुई सन्तान मध्येकी जेठी छोरी हुन् । हाल काठमाडौंमा बसोबास गर्दै आएकी अनुको बुबा आमाको चाहाना छोरीलाई नेपालको मर्यादित पेशा ठानिएका सरकारी संघसंस्थाको उच्च ओहदामा पुगोस् भन्ने थियो ।


हाम्रो समुदायमा आम्दानीको लागि यो भन्दा बाहेक अरु पेशा त्यति मर्यादित होइन भन्ने मान्यता छ । त्यसरी नै सुरूसुरूमा अनुको लागि पनि छनोटको पेशा रंगमञ्च थिएन । उनी भन्छिन्, “आमालाई एकदमै नर्सिङ पेशा मन पर्छ । उहाँ आफैपनि स्वास्थ्य सेवामा आबद्ध हुनुहुन्छ । आमाको चाहाना म पनि यहीँ क्षेत्रमा भएँ भने दुवैजनालाई सहयोग हुन्थ्यो भन्ने थियो ।”


काठमाण्डौंस्थित कादम्बरी मेमोरियल कलेजमा ब्याचलर अध्ययन गर्दैगर्दा कलेजसंग सहकार्य गर्ने विभिन्न संघसंस्थहरुको आयोजनामा हुने नाट्य कार्यशालाहरूमा अनुले सहभागिता जनाइन् र विभिन्न नाटक प्रतियोगितामा भाग लिँदै गइन् । सन् २०१६ मा नेक्स्ट मोडल नेपालको आयोजनामा भएको नेशनल एक्टिङ कम्पिटिसनमा प्रथम स्थान हासिल गर्ने कलाकार हुन् अनु ।


त्यसपछि भने अनुलाई व्यवसायिक रुपमा अभिनय क्षेत्रलाई अगाडि बढाउने चाहाना जागेर आयो ।
विगत ५ वर्षदेखि अभियनय क्षेत्रमा लागेकी अनुले भूकम्पमा परी आफन्त गुमाएका र मानसिक रुपमा विक्षिप्त भएका पीडितहरुलाई सहानुभूति स्वरुप मनोरञ्जन दिलाउनको लागि प्रदर्शन गरिएका नाटकहरुमा अभिनय गर्दै आफ्नो कलाकारितालाई तिखार्दै र निखार्दै गइन् ।

आएओएम (International Organizations for Migration) को सहयोग र चेन्ज मिडिया सर्भिस (Change Media Service) को सहकार्यमा प्रस्तुत गरिएको उक्त नाटक ७ जिल्लाको २२ वटा स्थानमा प्रदर्शन गरिएको थियो ।

त्यसैक्रममा न्यु योर्क फिल्म मेकिङ कलेजबाट शर्ट फिल्म बनाउनको लागि नेपाल आएका विद्यार्थीहरुसँग A Year नामक सर्ट फिल्ममा अभिनय गर्ने अवसर जुरयो अनुलाई । जीसन जेमी किमद्धारा निर्देशित उक्त फिल्मले Woodstock Film Festival मा बेस्ट स्टुडेन्ट अवार्ड २०१८ हासिल गर्न सफल भएको थियो ।

कास्कीको धम्पुसमा छायाँङ्कन गरिएको उक्त शर्ट फिल्म अनुको पहिलो प्रोफेशनल शर्ट फिल्म हो । त्यसपछि फिचर लेन्थको अर्को चलचित्र ‘चिनी कम रङ कडा’मा उनले अभिनय गरेकी छिन् भने केही चलचित्रहरु पोस्ट प्रोडक्सनकै क्रममा रहेको उनी बताउँछिन् ।

उनले खेलेको सबैभन्दा चर्चित नाटक ‘खुवालुङ’, जुन मदन पुरस्कार विजेता राजन मुकारुङद्वारा लिखित तथा किरण चामलिङ राईद्धारा निर्देशित किराँती समुदायमा आधारित रहेको छ । काठमाण्डौंको मण्डला नाटकघरबाट प्रदर्शन गरिएको उक्त नाटकमा अनुलाई दुई पात्रको भूमिका निर्वाह गरेको पाइन्छ । यो संगै उनले समुदायमा आधारित धेरै नाटकहरुमा अभिनय गरिसकेकी छन् ।


नाटक र चलचित्रहरुमा अभिनय गर्दाको फरक अनुभाव यसरी सुनाउँछिन् अनु, “नाटक कालाकारको माध्यम हो । एउटा कलाकारले जे प्रदर्शन गर्दछ त्यही नै दर्शकले देख्छ र प्रत्यक्ष दर्शकले जे देख्छ त्यही कलाकार हुन्छ भने फिल्म भनेको डाइरेक्टरको माध्यम हो । उसको भिजनले जे देखेको हुन्छ कालाकारले त्यही गर्नुपर्छ ।”


अनुले बुझेको कलाकारिताको परिभाषा धेरै फराकिलो छ – “जसले जुन ठाउँमा रहेर आफ्नो पेशा, धर्म, कर्म निर्वाह गरिरहेको हुन्छ ऊ नै आफनो जीवनको नायक/नायिका हो ।” त्यस्तैगरी कुनै विशेष लिङ, वर्ग, समुदायमा पनि विभिन्न प्रकारका घटना, परिघटना र पात्रहरु हुन्छन् । त्यसलाई जिवन्त स्वरुप दिन सक्नु नै कलाकारिता हो भन्ने बुझेकी अनु भन्छिन्, “त्यसको भूमिका निर्वाह गर्नको लागि रुप, रङ र उचाई मिलेको हुनुपर्छ भन्ने नहुँदो रहेछ भन्ने कुरा मलाई थिएटर (नाटक)ले सिकायो ।”


अभिनय बाहेक अनु सामाजिक कार्यमा पनि क्रियाशिल छिन् । सन् २०१७ मा स्थापना भएको युथ फाउण्डेसन नेपालको सञ्चालक समेत हुन् उनी । यही पेशाले पनि नेपालका ग्रामिण भेगका समुदायसँग प्रत्यक्ष जोडिएर उनीहरुको अनुभव बटुल्ने र सिक्ने अवसर पाएको बताउँछिन् । यसले झन् आफ्नो कालाकारितालाई थप सहयोग मिलेको बताउने अनुको लागि पेशा र कलाकारिता एकअर्काका परिपूरक बनेका छन् । त्यसैले अनुले आफ्नो पेशा र कलाकारितालाई संगसँगै अगाडि लैजाने अठोट गरेकी छिन् ।


प्रत्येक समुदायको आआफ्नै कथा, व्याथा र पात्र हुन्छ, उनीहरुको आ आफ्नै भोगाई हुन्छ । त्यसैले त उनी जुन समुदायमा पुग्छिन् त्यहाँ उनले कथा र पात्र भेटेकी हुन्छिन् । “म जहाँ जान्छु मेरो अभिनयका लागि त्यहीँ एउटा कथा पाउँछु” भन्ने अनु अरुले नसुनेका र नदेखेका कथा जो प्रत्यक्ष समुदायले भोगिरहेको हुन्छ त्यस्तो पात्रको भूमिका निर्वाह गर्न रुचाउछिन् ।


अहिले उनले गरेको कार्य र पेशाप्रति परिवार सन्तुष्ट छन् । साथै साथीभाइ र आफन्तहरुको न्यानो साथ सहयोग मिलेकोले यो क्षेत्रमा अगाडि बढ्न थप हौसला र आत्मविश्वास बढेको उनी बताउँछिन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284