स्टार्स चित्रकला प्रतियोगितामा रीयाना थापा प्रथम
पोखरामा आयोजित ‘माध्यमिक तहका विद्यार्थीबीचको स्टार्स चित्रकला प्रतियोगिता २०८१’को उपाधि विभूति शिक्षा सदन स्कुल कक्षा ९ मा अध्ययनरत रीयाना थापाले जितेकी छन् । कुल ३४ जनाले सहभागिता जनाएको प्रतियोगितामा उत्कृष्ट बनेकी थापाले १० हजार रुपैयाँ हात पार्नेछन् ।

प्रतियोगितामा कुम्दिनी होम्स मावि कक्षा ११ मा अध्ययनरत अविश्ना पालिखे फस्ट रनर्स अप भएकी छन् । पालिखेले ७ हजार रुपैयाँ पाउनेछन् । सेकेन्ड रनर्स अप बनेकी एसओएस हर्मोन माइनर स्कुल कक्षा ९ मा अध्ययनरत जेसिका श्रेष्ठले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

थर्ड रनर्स अप बनेका भास्कर मेमोरियल स्कुल कक्षा ९ मा अध्ययनरत सुवाश्ना गुरुङ र वेसलाइन एकेडेमी स्कुल कक्षा १० मा अध्ययनरत सोफिया रसाइलीले जनही नगद २ हजार ५ सय रूपैयाँ पाउनेछन् । स्टार्स स्टुडियो प्रालिको आठौँ वार्षिकोत्सव तथा स्टार्स फाउन्डेसन नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजनामा भएको थियो । वाटर कलर, क्रेन, पेन्सिल, पेस्टल, एक्रेलिकलगायत जुनसुकै माध्यमबाट चित्र बनाउन पाइने भए पनि ‘हाम्रो संस्कृति’ शीर्षकको भाव अनुसार तयार पार्नुपर्ने नियम राखिएको थियो । जसमा मौलिक चित्रले प्राथमिकता दिइएको बताइएको छ । यो प्रतियोगिता पोखरा १ पुरानो टुँडिखेलमा रहेको अञ्जुली बोडिङ स्कुलमा भएको हो ।

वार्षिकोत्सवको अवसर पारेर असोज ७ गते ३५ वर्ष माथिको उमेर समूहको सामूहिक नृत्य प्रतियोगिता आयोजना समेत हुँदैछ । सो प्रतियोगिताको तयारीमा तिव्रता दिइएको आयोजक संस्थाकी अध्यक्ष जसमाया गुरुङ (जसु)ले बताइन् । चित्रकला प्रतियोगिताका विजेतालाई पुरस्कार असोज ७ गते नै हस्तान्तरण गरिने गुरुङले बताइन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38