स्व. कवि केशर नाम्जाली भुरुङ मगरको स्मृति ग्रन्थ ‘आरमीट्माङ रील्हीङ्ग्या केशर’ विमोचन
मगर भाषा प्रतिष्ठन कास्कीद्धारा प्रकाशित स्व. कवि केशर नाम्जाली भुरुङ मगरको जीवनीमा आधारित स्मृति ग्रन्थ ‘आरमीट्माङ रील्हीङ्ग्या केशर’ विमोचन गरिएको छ ।
स्व. कवि केशर नाम्जाली मगरको ५८औं जन्मजयन्तिको अवसर पारेर उहाँकै जन्मस्थान हरिनास गाउपालिका वडा नं. २ प्यार्सिङमा विशेष कार्यक्रमको आयोजना गरी उक्त कृति विमोचन गरिएको हो ।

मगर भाषा प्रतिष्ठानले हरेक वर्ष पुष २ गते कवि केशर नामजाली मगरको जन्मजयन्ति विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । यसैक्रममा यस वर्ष उहाँको स्मृति ग्रन्थ प्रकाशन गरी मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले हरिनासले एकदमै सम्झिनुपर्ने व्यक्तिलाई मगर भाषा प्रतिष्ठानले अमर राख्ने काम गरेकोमा आभार प्रकट गर्दै कविको स्मृतिमा उहाँको जन्मथलोमा केही दास्तावेज खडा गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै स्व. कविलाई यो गाउँ र जिल्लामा मात्र नभई राष्ट्रीय रुपमा नै चिनाउने र सँधैभरि सम्झिरहने वातावारण बनाउनको लागि पहल गर्ने बताउनुभयो ।

यसैगरी हरिनास गाउँपालिका वडा नं. २ का अध्यक्ष चित्र बहादुर थापा मगरले कवि स्व. भुरुङ मगरले साहित्यको क्षेत्रबाट आफ्नो मात्र नभई गाउँकै नाम र इज्जतलाई उचाइमा पुर्याउने कार्य गरेकोले उहाँलाई विशेष अवसरमा मात्र नभई सधैंभरि सम्झिनुपर्ने बताउनुभयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य तथा भाषा साहित्य तथा दर्शन विभाग प्रमुख प्राज्ञ कृष्ण प्रसाद पौडेलले जुनसुकै समुदायको भाषा संस्कार संस्कृतिले राष्ट्रको पहिचान छल्काउने हुनाले यसको जगर्ना गर्नु राज्यको दायित्व रहेको बताउनुभयो । भाषा संक्षणको महत्वपूर्ण माध्यम भनेको साहित्य लेखन भएकोले मातृभाषामा धेरै भन्दा धेरै लेखन र प्रकाशन हुनु जरुरी रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर महिला संघ गण्डकी प्रदेशका अध्यक्ष तुलसी थापा मगर, नेपाल मगर संघ हरिनास गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर राना मगर, नेपाल मगर संघ कास्कीका कार्यवाहक अध्यक्ष सु. चन्द्र बहादुर पुर्जा मगर, स्व. कवि केवी नाम्जाली भुगरुङ मगर अक्षय कोषका संरक्षक क्या. नरेश थापा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मगर भाषा प्रतिष्ठान कास्कीका संस्थापक अध्यक्ष निर्मल थापा मगरले कृतिको विमोचन गर्नुभएको थियो भने प्रतिष्ठानका सदस्य टोल माया थापा मगरले स्व. कवि भुरुङ मगरको संक्षिप्त जिवनी प्रस्तुत गर्नुभएको थियो ।
मगर भाषा प्रतिष्ठान कास्की शाखाको आयोजनामा भएको विमोचन कार्यक्रममा हरिनास गा.पा. वडा नं. २ को कार्यालयको विशेष सहयोग रहेको थियो भने स्थानीय आमा समूह जनप्रिय आमा समूहले कार्यक्रमको व्यवस्थापन गरेको थियो ।
प्रतिष्ठानका अध्यक्ष याम बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रुद्र श्रीस मगरले स्वागत मन्तव्य र सचिव मिना थापा मगरले सञ्चालन गरेकी थिइन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38