
हङकङ निवासी दिलिप गुरुङद्धारा क्होंला सोंथर गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान
लमजुङ सेवा समिति हङकङका सल्लाहकार तथा तमू ट्हो ह्युल हङकङका पुर्व अध्यक्ष दिलिप गुरुङले लमजुङको क्होला सोंथर गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।

कोभिड–१९ को महामारीका बेला आफनो गाउँपालिकामा स्वास्थ्य जोखिम कम गर्ने उद्देश्यले प्रवासमा बसेर पनि सो सहयोग गरेको बताइएको छ ।
यसरी सहयोग गरिएको स्वास्थ्य सामग्रीहरुमा थर्मल गन २० थान, सर्जिकल मास्क १ हजार थान, एन ९५ मास्क १ सय थान र प्लाष्टिक ग्लोब्स १ हजार थान रहेको छ ।
आज गण्डकी प्रदेश कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सो सामग्री क्होला सोंथर गाउँपालिका उपाध्यक्ष तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकी धर्मपत्नी कुमारीमुनि गुरुङलाई हङकङ प्रतिनीधि चन्द्र गुरुङले हस्तान्तरण गर्नुभएको हो ।

लमजुङको क्होला सोंथर गाउँपालिका ६ पसगाउँ स्थायी घर भई लामो समयदेखि हङकङमा बसोबास गर्दै आउनु भएका दिलिप गुरुङ गुरुङ चलचित्र निर्माता समेत रहनुभएको छ ।

उहाँ लमजुङ सेवा समिति हङकङ, तमू ट्हो ह्युल हङकङ, एनआरएन हङकङ लगायतको विभिन्न संघ संस्था मार्फत सामाजिक काममा क्रियाशील हुनुहुन्छ ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52