ताजा खबर

हाप्किडो संघ गण्डकी प्रदेश समितिको अध्यक्षमा एमबी आस्था मगर

   २४ पुष २०७६, बिहीबार १८:२४      1,621 views

नेपाल मार्शल आर्टस हाप्किडो संघको गण्डकी प्रदेश समिति गठन भएको छ ।
पत्रकार मानबहादुर घर्तीमगर (एमबी आस्था)को अध्यक्षातामा एक सदस्यपछि थप हुने गरि १३ सदस्यी प्रदेश समिति एक कार्यक्रमका बीच आज पोखरामा गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा तारामाया थापामगर र दिनेश रोकामगर, सचिवमा प्रेम बुढामगर र कोषाध्यक्षमा वसन्ती बुढामगरलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा मदन जिसी, रेखा तामाङ, विराज गुरुङ, दर्शन आलेमगर, कृष्ण महर्जन, कृतिका गिरी र सन्दिप वि.क. रहनुभएको छ ।


समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मिना गुरुङले शुरुमा स्वास्थ्य र मनोरञ्जनसँग मात्र जोडिएको खेलकुद क्षेत्र अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको भन्दै खेल क्षेत्रको विकासको लागि खेलाडी मात्र नभई देश नै लाग्नुपर्ने बताउनुभयो ।

अहिले खेल क्षेत्र पनि धेरै व्यवसायिक भई सकेको भन्दै कुनै पनि खेलाडीले आर्थिक अभावले खेल क्षेत्रबाट सन्यास लिनुपर्ने अवस्था नरहेको भन्दै खेलाडीले पनि आफनो क्षमता अभिवृद्धि गर्न तर्फ ध्यानदिनुपर्ने बताउनुभयो ।


अन्तर्राष्ट्रिय रुपमा आफनो पहिचान बनाई सकेको हाप्किडो खेललाई नेपालमा पनि राम्रोसँग चिनाउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष संगीता पुनमगर, मगर संघ कास्कीका सल्लाहकार बालकृष्ण काउछमगर, संचारकर्मी हर्क आलेमगर, नेपाल मार्सल आर्टस हाप्किडो संघ ५ नं. प्रदेशका संयोजक सुवास परियार लगायतले बोल्नु भएको थियो ।


नयाँ समितिको घोषणा गर्दै हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले अगामी माघ ११ र १२ गते पोखरामा हुने हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनारलाई मध्य नजर गर्दै आफूहरुले गण्डकी प्रदेशमा संघको नयाँ समिति गठन गरेको बताउनुभयो ।


२० भन्दा बढी राष्ट्रका खेलाडी र खेल प्रशिक्षकले सहभागिता जनाउने उक्त सेमिनारले पोखराको खेलकुद र पर्यटन क्षेत्रमा मात्र नभई नेपाल भ्रमण वर्षलाई पनि सहयोग पुग्ने बताउनु भयो ।
हाप्किडो कोरियन मार्शल आटर््स खेल हो । ‘हाप्किडो’ शब्दको प्रयोग कोरियन भाषाबाट प्रतिपादित भएर आएको हो ।

हाप्किडो खेलमा अन्तर्राष्ट्रिय रुपमा आफूलाई चिनाइसक्नु भएका कालीबहादुर घर्तीमगरले नेपालमा पनि यो खेल भित्र्याउन आवश्यक रहेको बताउनु भयो । यो सेल्फ डिफेन्स गेम हो ।

हाप्किडोको च्याम्पियनसिप आफ्नै विधि, प्रक्रिया र नियमानुसार खेलिन्छ । यस खेलमा किक, पञ्च, थ्रोइंग लक सम्पूर्ण शरीरका अंगहरु र टेक्निकहरूको प्रयोग गरिएको हुन्छ साथै शरीरका अंगहरू बाहेक पिस्तोल, लाठी, चाकु, डोरी जस्ता आत्मरक्षाका आधुनिक हतियार प्रयोग गरिएको हुन्छ । भने यसमा तेक्वान्दो, कराते, बक्सिङ, जूडो आदि मार्शल आटर््स खेलको कलालाई समावेश गरिएको हुन्छ ।

संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संघका कास्की जिल्ला सचिव रविन गुरुङले सञ्चालन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284