ताजा खबर

ह्याण्डबल उपाधि छात्रतर्फ गण्डकी बोर्डिङ र छात्रातर्फ माउन्ट अन्नपूर्णलाई

   ७ भाद्र २०७६, शनिबार २२:०२      1,392 views

लिटिल स्टेप माध्यमिक विद्यालय, सिमलचौर, पोमनपा–८ द्वारा आयोजित दशौँ यु¬–१२ (कक्षा ५ सम्म) छात्र–छात्रा ह्याण्डबल प्रतियोगिता–२०७६ को छात्रतर्फको उपाधि गण्डकी बोर्डिङले र छात्रातर्फको उपाधि माउन्ट अन्नपूर्णले हासिल गरेका छन् ।

त्यसैगरी छात्रतर्पm पिकेजी र छात्रातर्फ एसओएस द्वितीय भएका छन् भने तेस्रो स्थानमा छात्रतर्फ आयोजक लिटिल स्टेप मा.वि. र छात्रातर्फ सिर्जना मा.वि. रहेका छन् ।

प्रतियोगितामा छात्रतर्फ गण्डकी बोर्डिङका निशान परियार तथा छात्रातर्फ  माउन्ट अन्नपूर्ण स्कुलकी रिसिका गुरुङ्ग सर्वाधिक गोलकर्ताको पुरस्कार पाएका थिए । त्यसैगरि छात्र तर्फ पिकेजी का धिरज पौडेल र छात्रा तर्पm एसओएसकी ललिता मल्ल सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताको फेयर प्ले ट्रफी भने छात्रतर्फ पोखरा लर्नर्स एकेडेमी र छात्रातर्फ आयोजक लिटिल स्टेपले प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरधारी शर्मा, कार्यक्रमका सभापति विद्यालयका संस्थापक प्राचार्य पम्फा गुरुङ, संस्थापक निर्देशक शेरबहादुर गुरुङ तथा अन्य अतिथिले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो । विश्वविद्यालयको उत्पादित जनशक्ति व्यवहारमूलक तथा माग अनुरुप नहुनु तर निजी क्षेत्रमा त्यस्तै जनशक्तिको माग बढ्नु आजको यस्तो असन्तुलित अवस्था देशमा विद्यमान भएको तर निजी विद्यालयले भने केहि हदसम्म आवश्यकता अनुरुपका जनसक्ति उत्पादन गर्नु महत्वपूर्ण रहेको भन्दै खेल क्षेत्रमा पनि यस्ता संस्थागत विद्यालयले पृथक अभ्यास गराई कयौं विद्यार्थीहरुलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडिका रुपमा स्थापित गराउन खेलेको भुमिकालाई प्रशंसा गर्दै यसको निरन्तरता निम्ति शुभकामना व्यक्त गर्नुभयो । 

त्यस्तै प्राचार्य एवं निर्देशक द्धयले आज सम्मका सम्पूर्ण टुर्नामेन्ट सम्पन्न गर्न गराउन सहयोग पुर्याउनु हुने सम्पूर्ण संघ, संस्था, समाज, विभिन्न व्यक्तित्व, अभिभावक, विद्यार्थी, पत्रकार सबै प्रति आभार प्रकट गर्दै आगामी वर्षमा पनि यस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284