
१४ हिमालका सफल आरोही तेजन गुरुङ सम्मानित
गुरुङ पर्यटन ब्यबसायी संघ नेपाल (जिटिन) गण्डकीको आयोजनामा ८००० भन्दा माथिका १४ वटा हिमालका सफल आरोही तेजन गुरुङलाई बधाई तथा सम्मान पोखरामा भव्य रुपमा गरिएको छ ।

कार्यक्रम जिटिन गण्डकीका अध्यक्ष किसम कुमारी गुरुङको अध्यक्षता र गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिटिन गण्डकीका संस्थापक अध्यक्ष तथा कार्यक्रमका संयोजक बोबरजंग गुरुङले स्वागत मन्तब्य, पोखरा पर्यटन परिषदका द्धित्तीय उपाध्यक्ष चौ बहादुर गुरुङ, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष बलराम आचार्य, तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, नेपाल पर्यटन बोर्डका अधिकृत कुन्दन मिश्र, नेपाल पर्यटन बोर्डका पुर्व सदस्य गणेश बहादुर भट्टराईले बधाई तथा शुभकामना मन्तब्य राख्नुभएको थियो । सफल आरोही तेजन गुरुङलाई फेटा, माला, भाङ्ग्रा, खादा र सम्मान पत्रले सम्मान गरेको थियो । कार्यक्रममा सम्मानित ब्यक्तित्वले आरोहणको अनुभव सहित सम्पूर्ण नेपाली युवाहरुले आफ्नै देशमा सक्दो योगदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको संचालन जिटिन गण्डकीका महासचिब तुल बहादुर गुरुङले संचालन गर्नुभएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाजागाजा सहित ¥याली पोखरा, लेकसाईड स्थित क्रिश्टल मलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

गुरुङले विभिन्न मितिमा आठ हजार मिटरभन्दा बढी उचाइका सगरमाथा, ल्होत्से, अन्नपूर्ण, मकालुु, कन्चनजङ्घा, नान्गा पर्वत, जी टू, जी वान, बोर्ड पिक, के टू, मनास्लुु, धौलागिरि, चोयुु, शिसापन्ज्म हिमालहरू आरोहण गरेका छन् । कार्यक्रममा अर्का आरोही मिङ्मा शेर्पालाई पनि सम्मान गरिएको थियो ।

उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52