
१५ लाख ४८ हजारको लागतमा याङजाकोटको झयाली पोखरी पुनःनिर्माण
कास्कीको मादी गाउँपालिका वडा नं ३ याङजाकोटमा गाउँको बीचमा रहेको प्राचीन ऐतिहासिक झयाली पोखरीको पुनःनिर्माण गरिएको छ ।

गाउँपालिकाको आयोजना र पहलमा सो पोखरीको पुनःनिर्माण गरि पोखराको बीचमा भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ भने पोखरीको चारैतिर तारबारले घरेर संरक्षण गरिएको छ ।
यसरी पुनःनिर्माण गरि संरक्षण गरिएको पोखरीको आज एक कार्यक्रमका बीच मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै उहाँले आफूहरुको योजनामा गाउँलेहरुले पनि साथ दिएकाले योजना तोकिएकै समयमा चित्ता बुझदो ढंगाले सम्पन्न भएको भन्दै खुसी व्यक्त गर्नुभयो । कतिपय अवस्थामा योजना र पैसा मात्रै भएर काम सम्पन्न नहुने भन्दै यसलाई सम्पन्न गर्न नेतृत्व गर्न व्यक्तिहरुको पनि त्यतिकै ठूलो भूमिका रहने बताउनुभयो ।
अबदेखि याङजाकोटमा बुद्ध जयन्ती मेला लाग्दा पोखरीको बुद्ध मूर्तिमा पूजा गरेर मेला सुरु गर्न सकिने समेत उहाँले बताउनुभयो । पोखरीको अहिले उदघाटन भएतापनि अझै यसको धेरै रंगरोगनको काम बाँकी भएको भन्दै पोखरीको वरिपरि बाटो ढलान गर्ने, फूल रोप्ने बत्ती जडान गर्ने लगायतको धेरै काम बाँकी नै रहेको र पोखरीलाई अझै सुन्दर बनाउने योजनामा आफूहरु रहेको उहाँले बताउनुभयो ।

अर्को प्रसंगमा बोल्दै उहाँले गाउँपालिकाको केन्द्र याङजाकोटमा राख्ने निर्णय राजपत्रमा प्रकाशित भईसकेको भन्दै यसलाई अब कसैले परिवर्तन गर्न नमिल्ने बताउनुभयो ।
आफूहरुले गाउँपालिकाको भवन बनाउन बजेट छुटाउनेदेखि भवनको डिपिआर तयार गर्ने र नक्सा बनाउने सबै काम सकेर निर्माणको लागि तयारी भएर बसेको भन्दै अब स्थानीय जनताले गाउँपालिकाको नाममा जग्गा पास गरिदिनुपर्ने भएकोले यसको लागि सहयोग गर्न सबै जनतासँग आग्रह गर्नुभयो ।
मादी गाउँपालिकामा अहिले १० वटा मोटेरेबल पुल निर्माणको चरणमा रहेको भन्दै यसमा करोडौ लगानी भईरहेको बताउनुभयो । यस्तै सिक्लेसको बाटो पिच हुने काम अघि बढी सकेको र याङजाकोटको बाटोको लागि पहिलो चरणको टेन्डर रद्ध भएकोले अब छिटै दोस्रो चरणको टेन्डर आवहन गरेर पिचको प्रक्रिया अघि बढाउने बताउनुभयो । साथै उहाँले ज्याउदु दोबाटो मोटर बाटोको स्तर उन्नतिको लागि केन्द्रिय सरकारको बजेट परेको भन्दै अब त्यसको काम छिटै सुरु हुने बताउनुभयो ।

कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष सत्यराज सापकोटा, ११ का अध्यक्ष मित्र गुरुङ, ३ का अध्यक्ष मनबहादुर गुरुङ, वडा सदस्य धनमाया गुरुङ, याङजाकोट तमू समाज पोखराका अध्यक्ष सु.चन्द्रबहादुर गुरुङ, मादी गाउँपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारी लगायतले बोल्नुभएको थियो ।
झयाली पोखरी निर्माण उपभोक्त समितिका अध्यक्ष सुर्य गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव नन्दजंग गुरुङले गर्नुभएको थियो । भने कोषाध्यक्ष जुनकुमारी गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।

करिब १५ लाख ४८ हजार ७ सय रुपैयाको लागतमा सो पोखरीको पुनःनिर्माण गरिएको हो ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00