ताजा खबर

१ करोड ४३ लाखको लागतमा तमू धीं नेपालको दुईतले सामुदायिक भवन बन्ने

   १२ चैत्र २०७७, बिहीबार १८:०९      1,116 views

तमू धीं नेपालले गुरुङ संस्कृति झल्किने प्रवेशद्धारसँगै दुईतले सामुदायिक भवन बनाउने भएको छ ।

कार्यालय सञ्चालनका लागि केहि कोठा अपुग हुुनुका साथै पोखरामा रहेको विभिन्न तमू संघ संस्थाहरुलाई एउटै भवनबाट कार्यालय सञ्चालन गर्न दिने उद्देश्यका साथ भवन निर्माण थालिएको तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभएको छ ।


नयाँ बन्न लागेको भवनको आज गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गर्नुभयो ।

सो अवसरमा बोल्नहुँदै मन्त्री गुरुङले आफूले विगतदेखि नै तमू लगायत आदिवासी जनजाति समुदायले सञ्चालन गरेको हरेक अभियान र आन्दोलनमा साथ र सहयोग गर्दै आएको बताउनुभयो ।

अब नेपालको तमू लगायतले आदिवासी जनजातिहरुले नाममा मात्रै नभई आफनो भाषा, कला, संस्कृतिहरुमा पनि पहिचान खोज्नुपर्ने बताउनुभयो ।


तमूहरुले अब पनि आफनो इतिहास खोज्न विदेशीको भरपर्नुपर्ने र अरुले लेखिदिएको पुस्तक पढेर आफनो इतिहास खोज्नुपर्ने दिनको अन्त्य गर्दै अबको नयाँ पुस्तालाई आफनै संस्कृति र संस्कारको विषयमा पिएचडी गर्न लगाउनुपर्ने बताउनुभयो ।


तमूहरुले आफूसँग अहिले भएको पहिचानहरु आफनो होइन भन्दै छोड्दै जाने हो भने पछिगएर हामीसँग केहि कुरा बाँकी नरहने भन्दै उहाँले तमूहरु कुनै पनि बहानामा विभाजित होइन एक भएर जानुपर्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै तमू धीं नेपालका अध्यक्ष हुमबहादुर तमूले तमू धी स्थापना भएको तीन दशक समयपछि बल्ल राज्यको उपस्थिती तमू धीमा भएको भन्दै खुसी व्यक्त गर्नुभयो । साथै उहाँले भवनको लागि रकम उपलब्ध गराउनुहुने गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ लगायत गण्डकी प्रदेश सरकारप्रति आभार व्यक्त गर्नुभयो ।


भवन निर्माण गर्नको लागि १ करोड ४२ लाख ८५ हजार ७ सय १८ रुपैंयाँ खर्च लाग्ने छ । जसमध्ये गण्डकी प्रदेश अर्थ मन्त्रालयबाट १ करोड सहयोग प्राप्त भएको छ भने बाँकी तमू धी नेपालले आफनो कोषबाट पुरा गर्नेछ ।

भवन आगामी असार मसान्तसम्म निर्माण सम्पन्न भईसक्ने भवन निर्माण समितिका संयोजक गोपाल गुरुङले जानकारी दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284