ताजा खबर

२१औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा पोखराका आदिवासी साहित्यकारहरुको रचना वाचन

   ९ फाल्गुन २०७६, शुक्रबार १८:३५      1,645 views

२१औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आज पोखरामा मातृभाषामा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

गुरुङ साहित्यिक मञ्च नेपाल र मगर भाषा प्रतिष्ठान कास्कीको आयोजनामा नेपाल मगर संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी तमूले सरकारी तवरबाट मातृभाषीहरुको साहित्यिका लागी खासै लगानी र पहल नभए पनि अब विभिन्न समुदायमा केन्द्रित भएर स्थापना गरिएको साहित्यिक संस्थाले यसप्रकारको कार्यक्रम आयोजना गर्दै जानुपर्ने बताउनुभयो ।

यस्तै नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका संयोजक खेम पुन मगरले आफूहरुको पहलमा अहिले गण्डकी प्रदेशका विभिन्न विद्यालयहरुमा आदिवासी जनजातिहरुको मातृभाषामा पठनपाठनको निम्ती पहल भई रहेको बताउनुभयो ।

यस्तै महासंघकै कास्की अध्यक्ष धर्मबहादुर गुरुङले आगामी वर्षदेखि महासंघले नै जिम्मा लिएर विश्व मातृभाषा दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्ने बताउनुभयो ।

कार्यक्रममा रुद्र श्रीस मगर, फूलकुमारी थापा मगर, तेजबहादुर च्हाक्ली तमू, तुलबहादुर गुरुङ, विष्णु गुरुङ (एकता), रोशनी गुरुङ, गौरी तमू, रुद्रबहादुर हितान मगर, लोकबहादुर थापा मगर, किशोरी थापा, तिलक खाम्च मगर, मिजास खाम्च मगर लगायतले गुरुङ, मगर र नेपाली भाषामा रचना वाचन गरेका थिए ।

मगर भाषा प्रतिष्ठान कास्कीका अध्यक्ष रुद्रबहादुर हितान मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गुरुङ साहित्यिक मञ्च नेपालकी महासचिव रोशनी गुरुङले सञ्चालन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284