
४३ महिनामा ४० हजार घर
मंसिर २६, गोरखा —
भूकम्पको केन्द्रविन्दु जिल्ला गोरखामा ४३ महिनाको अवधिमा ४० हजार ७ सय १२ घरको निर्माण सकिएको छ । पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालयका अनुसार ६२ हजार ५ सय २१ पीडितको खातामा पहिलो किस्ताको रकम निकासा भएको छ ।
७० हजार ४ सय ८१ लाभग्राहीमध्ये ५२ हजार ४ सय १५ जनाको खातामा घर निर्माणका लगि दोस्रो किस्ताको रकम निकासा भएको इकाइका इन्जिनियर शैलेन्द्र भट्टले बताए ।अनुदान सम्झौता गर्दा पहिलो किस्ताको ५० हजार, डीपीसी सकेपछि दोस्रो किस्ताको १ लाख ५० हजार र घर निर्माण सम्पन्न गरेपछि अन्तिम तथा तेस्रो किस्ताको एक लाख पाउने प्रवाधान छ । भूकम्पले भत्किएका घर पुनर्निर्माण सम्पन्न भइसक्नुपर्ने अवधिमा झन्डै ८ हजार लाभग्राहीले भने हालसम्म पहिलो किस्ताको रकम नै लिएका छैनन् ।
सम्झौता गर्न नआउने पीडितको खोजीका लागि केही समयअघि स्थानीय तहलाई इकाइले पत्राचार गरेको थियो । भूकम्पको लामो समय बितिसक्दा पनि यहाँ अनुदान पाउने लाभग्राहीको सूचीमा नाम समावेश नभएको भन्दै केही पीडितले असन्तुष्टि जनाउदै आएका छन् ।
‘ढुंगा–माटोको घर चर्किएको छ, दुईपल्ट गुनासो फारम भर्दा पनि पैसा पाउने लिस्टमा नाम आउँदैन,’ पालुङटार–१ खोप्लाङका बुद्घिबहादुर श्रेष्ठले भने, ‘घर चर्किएको हो ढलेको त छैन । कि सरकारले घर सुरक्षित भनिदिनुर्पयो । तेस्रोपल्ट पनि लाभग्राही सूचीमा नाम राखिदेऊ भनेर पुनरावेदन गरेको छु ।’
लाभग्राही सूचीमा नाम समावेश गरिदिन माग गर्दै फारम भरेका १५ हजार ७ सय ५० जनामध्ये हालसम्म ११ हजार ८ सय ३७ जनाको मात्र गुनासो सम्बोधन भएको छ । ३ हजार ९ सय १३ जनाको गुनासो सम्बोधनकै चरणमा रहेको इकाइले जनाएको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26