ताजा खबर

बगर भइ खलक एट ए साइडको उपाधी पोखराको एबिसीले उचाल्यो

   7:27 am Sunday, January 27, 2019     

“स्वास्थ्यको लागि एक घण्टा ब्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल उद्धेश्यका साथ पोखराको प्रतिष्ठित संस्था बगर भाई खलक द्वारा आयोजित “आठौं स्व. रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता”को उपाधी अम्बर सिंह ब्याइज क्लब (एबिसी) उचालेको छ ।


शनिबार सम्पन्न फाइनल खेलमा भारतको पाहुना टोली कोलकत्ता भेट्रानलाई टाइ ब्रेकरमा ३–२ गोलले पराजित गर्दै उपाधी उचालेको हो । निर्धारित समयमा दुबै टिमका तर्फ बाट कुनै गोल हुन नसके पछि टाइ ब्रेकरमा पुगेको थियो ।

पेनाल्टी शुट आउटमा भने एबिसी भाग्मानी निस्कियो । पाहुना टोलीका खेलाडी आलोक दे को प्रहार बारमा ठोक्किएर फर्कदा एबिसी उपाधीको हकदार बन्यो ।


जित संगै एबिसीले आफ्नो पुरानो शाख समेत जोगाएको छ । एबिसीले २०६८ देखि २०६९ सम्म लगातार जित हासिल गर्दै उपाधी माथीनै कब्जा जमाएको थियो ।
उपाधी संगै एबिसीले नगद १ लाख र उप बिजेता कोलकत्ता भेट्रानले नगद ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।



बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका महासचिब एवम कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले गरेका थिए । यहि माघ ८ गते बाट संचालन भएको प्रतियोगितामा काठमाडौ बाट ८, पोखराका ८, विरगञ्ज विभिन्न जिल्ला बाट ८ भारत बाट २ टिम गरि २६ टिमको सहभागिता रहेको थियो ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284