ताजा खबर

नेपाल मगर महलिा संघ कास्कीको ११औं साधारण सभा सम्पन्न

   8:52 pm Monday, September 28, 2026     

नेपाल मगर महिला संघ कास्कीको ११ औं सधाराण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ कास्कीको सभाहलमा शनिबार सम्पन्न साधारण सभामा सचिव बेनी थापा मगरको आर्थिक प्रतिवेदन र सचिव दिक्षा पुन मगरको सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।


सो अवसरमा नेपाल मगर महिला संघ कास्कीद्धारा प्रकाशित मुखपत्र ‘रैयाँ’ को १० औंं अंक विमोचन गरिएको थियो ।
प्त्रिकोको विमोचन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापा मगरले रैयाँ पत्रिकाले मगरहरुको भाषा, संस्कार र संस्कृतिलाई प्रकाशनको माध्यमबाट जिवन्त राख्नको लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै रैयाँको १०औं अंकसम्म निरन्तरता दिन सक्नु कास्कीका मगर महिलाहरुको महत्वपूर्ण र सह्राहनीय कार्य भएको बताए । भाषा संस्कृतिको प्रस्फुटन र जगेर्नाको लागि र मगर महिलाको सचेतना र शसक्तिकरणको लागि पनि यस पत्रिकालाई निरन्तर प्रकाशनमा सहयोग गर्न सम्पूर्ण भातृसंगठनहरुलाई आग्रह गरे ।


कार्यक्रममा नेपाल मगर महिला संघ केन्द्रिय समितिका सल्लाहकार फुलकुमारी थापा मगर, श्याममाया पुन मगर, नेपाल मगर महिला संघ केन्द्रिय समितिका प्रशासन विभाव प्रमुख नुनु राना मगर, पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य भिमकुमारी पुन मगर, पुन मगर समाज केन्द्रिय समितिका सल्लाहकार हर्क बहादुर पुन मगर, नेपाल आदिवासी जनजाति पत्रकार संघ गण्डकी प्रदेश इन्चार्ज रुद्र श्रीस मगर, नेपाल मगर संघ महानगर समितिका अध्यक्ष ओम श्रीस मगर, महिला संघका अध्यक्ष ज्योति थापा मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा संघलाई विभिन्न क्ष्ोत्रबाट सहयोग गर्ने संघ संस्था तथा सहयोगी दाताहरुलाई सम्मान पत्र र खादा मालाद्धारा सम्मान गरिएको थियो ।
अध्यक्ष इश्वरी माया थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव दिक्षा पुन मगर र स्वागत मन्तव्य उपाध्यक्ष कला पुन मगरले राखको थिए ।

आजको खबर

नेपाल मगर महिला संघ कास्कीको ११ औं सधाराण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ कास्कीको सभाहलमा शनिबार सम्पन्न साधारण सभामा…

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284