पोखरा ८ द्वारा कम्पोष्ट विन वितरण
पोखरा महानगरपालिका वडा नं. ८ द्वारा एक कार्यक्रमको आयोजना गरी स्थानीय शिवालयचोकमा ५० वटा कम्पोष्ट विन वितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले कम्पोष्ट विन वितरण गर्दै घरमा रहेको कुहिने वस्तुलाई कम्पोष्ट मल बनाएर कौशी खेती गर्न सहज हुने बताउँदै सम्पूर्ण टोलबासीहरुलाई कौशी खेती गरी अर्गानिक तरकारी प्रयोगमा ल्याउन आग्रह गरेका थिए ।

साथै आगामी दिनमा टोल विकासलाई आवश्यन पर्ने हरेक तालिमको लागि वडा कार्यालयबाट सहयोग हुने बताए ।
विशेष अतिथि कृषि महाशाखा प्रमुख मनहर कडरियाले कम्पोष्ट विनबारे जानकारी गराएका थिए । कार्यक्रममा वडा नं. ८ का सदस्य लक्ष्मी कौशल, शिवालय टोल विकास संस्थाका सल्लाहकार चिरन्जीवी श्रेष्ठ लगायतले बोलेका थिए ।

वडा कार्यालयको ५० प्रतिशत र जनसहभागिता ५० प्रतिशतको लागतमा उक्त कम्पोष्ट विन वितरण ग गरिएको थियो ।
शिवालय टोल विकास संस्थाका अध्यक्ष गिरीधारी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष सुनिता अधिकारी र कार्यक्रमको संचालन सचिव विना देवकोटाले गरेकी थिइन् ।
आजको खबर
Follow Us
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38