चर्को ब्याजदर घटाउन राष्ट्रबैंकको ध्यानाकर्षण
होटल तथा समग्र पर्यटन क्षेत्रलाई बैंकहरुले प्रदान गर्दै आएको कर्जाको ब्याजदर अस्थीर र चर्को भएको भन्दै त्यसलाई नियन्त्रण गर्न हस्तक्षपकारी भूमिका निर्वाह गर्न पश्चिमाञ्चल होटल संघ पोखराले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा संघको एक टोली मंगलबार नेपाल राष्ट्र बैंक पोखरा शाखा पुगेको थियो । शाखा प्रमुख निर्देशक पोमनाथ गौतम मार्फत् संघले केन्द्रिय बैंकका गभर्नर चिरञ्जीवि नेपाललाई ज्ञापनपत्र बुझाउँदै विद्यमान अवस्थामा बैंकको स्प्रेड दर पनि अत्याधिक रहेको भन्दै न्यूनतम तीन प्रतिशत कायम गर्न अनुरोध गरेको थियो । गौतमलाई समेत संघले सोही व्यहोराको छुट्टै ज्ञापनपत्र बुझाएको थियो ।

होटल तथा पर्यटन व्यवसाय दिर्घकालिन रुपमा प्रतिफल प्राप्त गर्ने व्यवसाय भएका कारणले पनि राष्ट्रले प्राथमिकता प्राप्त उद्योग सरह सहुलियत तथा स्थिर व्याजदरमा कर्जा प्रवाह गर्नु पर्ने देखिन्छ– ज्ञापनपत्रमा भनिएको छ– वैंक तथा वित्तीय संस्थाहरुले वर्तमान अवस्थामा गर्दै आएको मनोमानी सुधार नभए सम्पूर्ण व्यवसाय धराशायी हुने निश्चित् छ ।
यसैगरी नेपालको आर्थिक वृद्धिदर तथा कूल ग्राहस्थ आम्दानीमा पर्यटन क्षेत्रबाट महत्वपूर्ण योगदान रहेको तथा ठुलो राशीको कर भुक्तान गर्ने एवम् विदेशी मुद्रा आर्जन गर्ने सबै भन्दा ठुलो उद्योग पनि होटल क्षेत्र रहेको संघका अध्यक्ष तुलाचनले स्मरण गराएका थिए । त्यसैले पनि अस्थीर थेग्नै गाह्रो पर्ने ब्याजदरको विषय शीघ्र समाधान गरी पर्यटन क्षेत्रमा भएको लागानीलाई संरक्षण गर्दै नेपाल राष्ट्र बैंकबाट पर्यटन मैत्री वातावरण निर्माणको अग्रणी भूमिका एवं पहलकदमी लिन संघले अनुरोध गरेको छ ।
सरकारले अन्य उद्योग सरह पर्यटन व्यवसायलाई प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिनु पर्ने भन्ने आवाज उठिरहेको अवस्था विद्यमान रहेको पनि ज्ञापनपत्रमा स्मरण गराइएको छ । नेपालमा प्रजातन्त्रको उदय पश्चात् नेपालका पर्यटन व्यवसायीहरुल राजनीतिक अस्थिरता, बन्द हड्ताल, दश वर्षे विद्रोह, मजदुर आन्दोलन, भूकम्प, नाकाबन्दी, भारतीय नोटबन्दी लगायत विविध समस्या झेल्दै आएको संघले स्मरण गराएको छ ।
आजको खबर
Follow Us
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38