पोखरा २३ का आदिवासी जनजातिलाई उद्घोषण तालिम शुरु
पोखरा महानगरपालिका वडा नं. २३ का आदिवासी जनजातिहरुलाई उद्घोषण तालिम शुरु भएको छ।
पोखरा महानगरपालिका वडा नं. २३ को सहयोगमा आदिवासी जनजाति समन्वय समिति वडा नं.२३ द्धारा आयोजित तीनदिने तालिमको वडाका कार्यबाहक अध्यक्ष भरतराज भण्डारीले व्यानरमा हस्ताक्षर गर्दै उद्घाटन गर्नुभएको हो।

प्रमुख अतिथि भण्डारीले तालिमको सफलताको शुभकामना व्यक्त गर्नुहुदै आदिवासी जनजातिको बोली ठाँउमा पुग्न नसकिरहेको अवस्थामा उद्घोषण तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।
उ्दघोषण तालिमसँगै व्यक्तित्व विकासको तालिम समेत जरुरी रहेको भन्नुहुदै हिजोको जसरी आदिवासी जनजातिहरुको अहिले क्षत्री बाहुन भन्दा कमजोर नभएको दावी गर्नुभयो। आदिवासी जनजातिलाई राज्यले प्राथमिकतामा राखेर कोटाकै व्यवस्था गरेको भन्नुहुदै आदिवासी जनजाति, गैरआदिवासी जनजाति सबै समान रहेको उहाँको भनाई थियो।
उद्घाटन कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएको आदिवासी जनजाति समन्वय समितिका अध्यक्ष रनबहादुर रानाले विगतदेखि आदिवासी विभेदमा पारिदै आएकाले अब समान अधिकार पाउनुपर्ने बताउनुभयो। उहाले आदिवासी जनजातिको हातमा डाडु पनियो आउनुपर्छ भन्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुदै उपाध्यक्ष धनबहादुर गुरुङले आदिवासी जनजातिहरु कसै अन्याय सहदैनन भन्नुहुदै अब गोरे बहादुर खपाङ्गी, डा.हर्क गुरुङ, डा.महाबीर पुन जस्तो बन्नुपर्ने बताउनुभयो।
तालिमको पहिलो दिन प्रशिक्षकद्वय नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का प्रदेश इञ्चार्ज तथा कास्की आवाज दैनिकका सम्पादक हुमबहादुर गुरुङ र नेपाल पत्रकार महासंघ प्रदेश सचिव तथा कास्की आवाज दैनिक पत्रिकाका कार्यकारी सम्पादक रुद्र श्रीस मगरले उद्घोषणकलाका बारेमा सैद्धान्तिक ज्ञानका साथै अभ्यास गराउनुभएको थियो।
आजको खबर
Follow Us
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38