सेती नदीको संरक्षणमा पोखरेलीले चासो नदेखाएनन
सेती नदीको संरक्षण र प्रवद्र्धन तर्फ पोखरेलीले चासो नदेखाएको एक कार्यक्रमका वक्ताहरु वताएका छन । पोखराको बीच भाग भएर बग्ने सेती नदीको संरक्षण र प्रवद्र्धन गर्न सके पोखरामा नया पर्यटकीय गन्तब्य बन्ने उनीहरुको भनाइ रहेको थियो ।
युनाईटेड क्लव पोखराले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आयोजित सेती नदी संक्षणमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले सेती नदीलाई दोहन र फोहर गर्नुबाहेक यसको संरक्षण र प्रवद्र्धनमा त्यति चासो नदेखाएको वताएका हुन ।

कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितीका सभापति दीपक कोइरालाले पोखराको गहनाको रुपमा रहेको सेती नदीको संरक्षण र प्रवद्र्धनमा त्यति चासो नदेखाएपनि अव पोखरा महानगरले प्रदेश सरकार संग सहकार्य गरी सेती नदीलाई नया पर्यटकीय गन्तब्य वनाउनतर्फ लाग्नुपर्ने वताए ।
सेती नदीको मापदण्ड अझैपनि स्पस्ट नरहेको वताउदै स्पस्ट मापदण्ड वनाइ नदी किनारमा पुगेर खोचको प्रत्यक्ष अवलोकन गर्ने गरी पर्यटन मैत्री पूर्वाधारहरु निर्माण गर्न सकेको खण्डमा सेती नदी एक महत्वपूर्ण धार्मिक, एतिहासिक तथा शाहसिक पर्यटकीय गन्तब्य बन्न सक्ने कोइरालाको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै पोखरा उपत्यका नगर बिकास समितीका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले सेती नदीलाई दोहन गरी फाइदा लिने र भएजति पोखराका फोहोर र नाला फाल्ने ठाउ सेती नदी भएको वताउदै यस्ता कार्यलाई तत्काल रोकी सेती नदी संरक्षण तर्फ लाग्नुपर्नेमा जोड दिए । लामिछानेले सेती नदीलाई उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन सकिने भएकाले यसबारेमा विशेष गरी पोखरा महानगरले चासो लिनुपर्नेमा जोड दिए ।
त्यसैगरी प्राध्यापक डाक्टर कृष्ण केसीले पोखराको बीच भागबाट वहने सेती नदी पोखराको महत्वपूर्ण गहना भएतापनि पोखरेलीले सेती नदीलाई चिन्न नसकेको वताए । धार्मिक र एतिहासिक महत्व बोकेको सेती नदीलाई हामीले फोहोर फाल्ने र बालुवा निकाल्नमा मात्र प्रयोग गरिरहेको वताउदै केसीले सेती नदीलाई उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन तर्फ सम्पूर्ण पोखरेली लाग्नुपर्ने वताए ।
आजको खबर
Follow Us
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38