ताजा खबर

सगरमाथा आरोहणमा: दिवङ्गत भारतीय महिला आरोहीको कीर्तिमान योजना

   6:21 pm Thursday, May 30, 2019     

उनी नेपाल, भारत र चीनका महिला आरोही सामेल पहिलो त्रिदेशीय मैत्री आरोहण दलकी एक सदस्य थिइन्।

बिहीवार दिउँसो त्यो टोलीका तीनै महिला आरोही सगरमाथाको शिखरमा उभिए, तर भारतको ओडेशाकी कल्पना दाश जीवितै तल झर्न सकिनन्।

उनी बिहिवार दिउँसो १२.३० बजेतिर नेपालका ग्याल्बो तामाङ र पेम्बाछिरीसँगै सगरमाथाको शिखरमा पुगेका उनीहरूको आरोहण व्यवस्थापन गर्ने ड्रिमर्स डेस्टिनेशन ट्रेक्सले जनाएको छ।

भारतकी कल्पना दाश, नेपालकी कान्छीमाया तामाङ र चीनकी लियामु मा सामेल त्रिदेशीय महिला टोलीको ध्येय “आपसी मैत्रीभाव र महिला सशक्तीकरण”को सन्देश फैलाउनु थियो। उनीहरूको टोलीलाई नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखिएको एक तुल पनि दिएको थियो।

कठिन शिखर यात्रा

नेपाली शेर्पा सहयोगीको साथमा ५२ वर्षीया कल्पना दाश सगरमाथाको शिखर पुगिन्। “उनको सहयोगीहरूका अनुसार कल्पना शिखरमा पुगेर निकै उत्साहित बनिन् र रमाइन्,तर उनको खुशी धेरै बेर टिक्न पाएन। उनी शेर्पाहरूको सहयोगमा तल फर्किँदै थिइन्। तर शिखरबाट तल झर्ने क्रममा चौथो शिविरभन्दा माथि नै करिब ८,००० मिटरको उचाइमा कल्पना दाशले ज्यान गुमाएको बताइएको छ ।

“उनको शरीरमा कुनै पनि तागत नभएर ‘एनर्जी लस’ भएर उनको ज्यान गयो,” सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिँदै भने। त्रिदेशीय टोलीमा रहेका चिनियाँ र नेपाली महिला आरोहीहरू भने सफल आरोहणपछि आधार शिविर फर्किएको उनले बताए।

कल्पना दाशको योजना के थियो?

गत वैशाख ३ गते काठमाण्डूबाट सगरमाथातर्फ लाग्नु अघि कल्पना दाशले आफ्नो गोप्य योजना सुनाएकी थिइन्। त्यो हो: सगरमाथाको शिखरमा पुगेर सारी लगाउने।

उनले भनेकी थिइन्, “मैले अस्ट्रेलियाको सर्वोच्च शिखर (कोशिउज्को)मा पनि सारी लगाएको थिएँ। म यसपटक सगरमाथाको शिखरमा पुगेर सारी लगाउँदै छु।”

सारी लगाएर के सन्देश दिन खोज्नु भएको हो? भन्ने प्रश्नको जवाफमा उनले भनेकी थिइन्, “सारी भारतीय र यस क्षेत्रका अन्य देशका महिलाको पहिचान हो। म सारी लगाउने महिलाले जस्तो सुकै कठिन काम पनि गर्न सक्छन् भन्ने सन्देश दिन चाहन्छु।”

“तर,” उनले सचेत गराउँदै भनेकी थिइन्, “यो कुरा अहिलेलाई गोप्य नै राख्नु होला। समाचारमा नलेख्नु होला। म सफल भएपछि मात्र लेख्नु होला।” उनका आरोहण सहयोगीका अनुसार उनले आफ्नो त्यो धोको पूरा गर्न सकिनन्।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284