ताजा खबर

विश्व वातावरण दिवसमा डिज्नी मन्टेश्वरीद्धारा डस्टविन हस्तान्तरण

   8:04 pm Wednesday, June 5, 2019     

विश्व वातावरण दिवसको अवसरमा पोखरा १३ चिसापानी टोलमा रहेको डिज्नी मन्टेश्वरी एण्ड प्रि स्कूलले आज चिसापानी टोल विकास संस्थालाई डस्टविन हस्तारण गरेको छ ।

मन्टेश्वरीले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम अन्तरगत सो डस्टविन हस्तारन्तण गरिएको विद्यालयका संस्थापक कर्ण गुरुङले जानकारी दिनुभयो । साथै उहाँले चिसापानी टोलसँग विगतमा पनि सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्य गर्दै जाने भन्दै चिसापानी टोलको शान्त र सुरक्षित वातावरणले गर्दा आफूहरुले मन्टेश्वरीमा उचित शैक्षिक वातावरण निर्माण गर्न सफल भएको भन्दै टोलबासीप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा चिसापानी टोल विकास संस्थाका अध्यक्ष बिर्जमान गुरुङले डिज्नी मन्टेश्वरीसँग टोलको पनि आत्मिय सम्बन्ध गाँसिएको भन्दै मन्टेश्वरीले टोललाई सहयोग गरे जसरी टोलले पनि मन्टेश्वरीलाई आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो । मन्टेश्वरीबाट प्राप्त गरेको यो डस्टविनको सहि सदुपयोग गर्न उहाँले सम्पूर्ण टोलबासीलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा चिसापानी टोल विकास संस्था महिला समितिका सचिव बालकाशी गुरुङले डिज्नी मन्टेश्वरी चिसापानी टोलको सान भएको भन्दै डिज्नीले गर्दा चिसापानी टोलको शैक्षिक वातावरणमा धेरै परिवर्तन आएको बताउनुभयो ।

यस्तै चिसापानी टोलका अग्रज एवम समाजसेवी क्या.चन्द्रप्रसाद गुरुङले घर, टोल र समाजको स्वच्छ वातावरण निर्माणको लागि सबैले आ आफनो ठाउँबाट सरसफाईको अभियान थाल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयको तर्फबाट १५ थान नयाँ डस्टविन हस्तान्तरण गरिएको छ भने टोलमा पहिलेदेखि नै रहेको ६ थान पुरानो डस्टविनलाई समेत रंगरोगन गरेर प्रदान गरिएको छ ।
विद्यालयका संस्थापकहरु रोशनी गुरुङ, कर्ण गुरुङ, अर्जुन गुरुङ लगायतले चिसापानी टोल विकास संस्थाका अध्यक्ष बिर्जमान गुरुङ, महिला समितिका अध्यक्ष डिलसुब्बा गुरुङ तथा अन्य सदस्यहरुलाई सामुहिक रुपमा सो डस्टविन हस्तान्तरण गर्नुभएको थियो ।

विद्यालयका इन्चार्ज यमकला गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रम मन्टेश्वरीका संस्थापक श्याम गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284