ताजा खबर

भदौं १३ गतेदेखि १७ गतेसम्म ढिकुरपोखरीमा तीजमेला हुँदै

   8:43 am Tuesday, July 30, 2019     

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ढिकुरपोखरीमा तीजमेला हुने भएको छ ।स्थानीय ढिकुरपोखरी युवा संजालको आयोजनामा यही भदौं १३ गतेदेखि १७ गतेसम्म तीजमेला हुने भएको हो ।

   मेला अन्र्तगत तीजगीत प्रतियोगिता, ११ ए साइड खुल्ला नकआउट फुटवल प्रतियोगिता,  घैटो फुटाउने तथा रस्साकसी लगायतका कार्यक्रमहरु गरिने संजालले जनाएको छ ।संजालका पदाधिकारी तथा सरोकारवालाको शनिवार बसेको भेलाले मेला सम्पन्न गर्ने निर्णय गरेको हो।

   भेलाले विकास गुरुङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।जसको सचिवमा दिलबहादुर जिसी तथा कोषाध्यक्षमा राजकुमार गुरुङ रहेका छन् ।

   त्यस्तै विभिन्न उपसमिति पनि निर्माण गरिएको छ ।जसअनुसार अर्थसंकलन समिति संयोजकमा राजकुमार गुरुङ, खेल समिति संयोजकमा नविन गुरुङ, प्रचारप्रसार समिति संयोजकमा श्रीभद्र पौडेल, सदस्यमा ईश्वर पौडेल, अतिथी सत्कार उपसमिति संयोजकमा युवराज गुरुङ, सदस्यमा केशवकुमार विजुक्छे रहेका छन् ।

त्यस्तै उक्त भेलाले स्वयम्सेवक परिचालन संयोजकमा सन्तोष गौचन तथा सदस्यमा राजेन्द्र गुरुङ र उद्घिम गुरुङ, खेलमैदान व्यवस्थापन उपसमिति संयोजकमा त्रिलोचन पौडेल, सदस्यमा मोहन गुरुङ साथै छपाई उपसमिति संयोजकमा दिलबहादुर जिसी र सदस्यमा केशव पौडेललाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।आवश्यक अन्य सदस्य तथा उपसमितिहरु थप गर्न सकिने जनाइएको छ ।

भेलाले मेलाको आय–व्यय मेला सम्पन्न भएको बढीमा ३ महिनाभित्र सार्वजनिक गर्ने तथा सोही अवसरमा संजालको पुर्नगठन गर्ने निर्णय पनि गरेको छ।संजालका अध्यक्ष सुशिल भट्टचनको अध्यक्षतामा भएको उक्त भेलाको संचालन विष्णुहरी भुगाईले गरेका थिए।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284