नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मादी ३ को बैठक याङजाकोटमा सम्पन्न, गाउँपालिका केन्द्र सार्न खोज्नेहरुप्रति खेद प्रकट
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मादी गाउँपालिका वडा नं ३ वडा कमिटीको बैठक याङजाकोटमा सम्पन्न भएको छ ।

अध्यक्ष जेमप्रसाद गुरुङको अध्यक्षतामा बसेको बैठकले एक विज्ञप्ती जारी गर्दै नेपाली काँगे्रसले गाउँपालिकाको केन्द्र याङजाकोटबाट अन्यत्र सार्न गरेको निर्णयप्रति घोर आपती जनाएको छ ।
“गाउँपालिकाको केन्द्र याङजाकोटमा आएपछि गाउँमा सकरात्मक परिवर्तन आएको र गाउँपालिकाले एकपछि अर्को रचनात्मक काम गर्दै गएको देखेपछि हारको मानासिकता बोकेकाहरु आतिएर गाउँपालिकाको केन्द्र सार्न लागि परेको भन्दै यस्ता आत्मघाती र देशद्रोहीहरुको गतिविधिप्रति हाम्रो घोर आपति छ” विज्ञप्तीमा भनिएको छ ।

साथै विज्ञप्तीमा गाउँपालिकाको केन्द्र याङजाकोटबाट अन्यत्र सार्ने योजना आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने जनाएको भनिएको छ ।

यस्तै बैठकले मादी गाउँपालिकाको पाँचौ गाउँसभामा नेपाली काँग्रेसको नाममा आयतित व्यक्तिहरुबाट कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङप्रति देखाएको अमर्यादित तथा अशोभानीय व्यवहारप्रति खेद प्रकट गर्दै यस्ता व्यवहार सच्याउन अनुरोध गरेको छ । साथै आगामी दिनमा पनि यस्तै व्यवहार दोहोरिएमा आफूहरु टुलुटुल हेरेर नबस्ने विज्ञप्ती मार्फत चेतवानी समेत दिएको छ ।

साथै बैठकले नेपाली काँग्रेसबाट नेकपा प्रवेश गरेका कार्यकर्तालाई पनि स्वागत गरेको छ ।
आजको खबर
Follow Us
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38