ताजा खबर

कास्कीमा फोनिजको २०औं स्थापना दिवस मनाइयो

   5:59 pm Monday, August 12, 2019     

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २०औं स्थापना दिवस आज देशैभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

पोखरामा फोनिज गण्डकी प्रदेश र कास्की शाखाको संयुक्त आयोजनामा “संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले आदिवासी जनजाति समुदायका पत्रकारहरु मुलधारको मिडियामा आफनो सशक्त उपस्थिती जनाउन लागि पर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा आफनो अवधारणा पत्र प्रस्तुत गर्दै फोनिजका गण्डकी प्रदेश संयोजक हुमबहादुर गुरुङले फोनिजको इतिहासको बारेमा संक्षिप्त जानकारी प्रस्तुत गर्दै अहिलेको संविधान आदिवासीको हित अनुकुल नरहेको भन्दै यसलाई संशोधन गर्न माग गर्नुभयो ।


यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले पोखरामा तमू समुदायको पत्रकार आफनो पत्रिकाको लागि खोज्दा आफूले भेटन नसकेको भन्दै अरुलाई मात्र अरोप प्रत्यारोप गर्नुको सट्टा आफनो क्षमतालाई बढाउने र योग्या पत्रकारको रुपमा स्थापित हुन सबै आदिवासी पत्रकारहरुलाई सुझाव दिनुभयो ।

यस्तै नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले आदिवासी समुदायमा कसैले राम्रो काम गरेको खण्डामा त्यो समुदायले नै राम्रो काम गर्ने व्यक्तिलाई स्थापित गर्नुपर्ने बताउनुभयो । साथै उहाँले कास्कीमा २० जना नेवार पत्रकारहरु क्रियाशील रहेता पनि फोनिजको गण्डकी प्रदेशमा भने कुनै नेवार पत्रकारको उपस्थिती नरहेको भन्दै दुःख व्यक्त गर्नुभयो ।


कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी उपाध्यक्ष शान्ती गुरुङ, स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, आदिवासी जनजाति महासंघ समन्वय परिषद कस्कीका अध्यक्ष धर्म गुरुङ लगायतले फोनिजको स्थापना दिवसको अवसरमा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका नवनिर्वाचित अध्यक्ष मेनकाजी गुरुङ, तमू कलाकार संघ गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङ, नेपाल मगर संघ कास्कीका नवनिर्वाचित अध्यक्ष सुनिता थापा मगर, तत्कालिन अनिजका संस्थापक केन्द्रिय उपाध्यक्ष बालकृष्ण काउछा मगर लगायतलाई सम्मान गरिएको थियो ।


फोनिज कास्कीका कार्यवाहक अध्यक्ष दिलप्रसाद गुरुङले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको सञ्चालन फोनिज गण्डकी प्रदेशका सचिव रुद्र श्रीषमगरले सञ्चालन गर्नुभएको थियो भने अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।


आजभन्दा २० वर्ष अघि चन्द्रसिंह कुलुङको अध्यक्षतामा स्थापना भएको तत्कालिन अनिज पछिल्लो समय जनजाति पत्रकार संघ हुँदै जनजाति पत्रकार महासंघ भएपछि फोनिज भएको छ । हालसम्म चन्द्रसिंह कुलुङ, खिम घले, मोहनसिंह लामाले यो संस्थाको नेतृत्व गरिसक्नु भएको छ भने वर्तमान अध्यक्ष डण्डा गुरुङ हाल दोस्रो कार्यकालको नेतृत्व गरिरहनु भएको छ ।

हाल देशभर र विदेश शाखामा गरी करिब ३ हजार आदिवासी जनजाति पत्रकारहरु फोनिजमा आवद्ध रहेका छन् भने नेपालमा ४७ जिल्ला र विदेशमा ७ देशमा यसको शाखा गठन भएका छन् भने नेपालका आदिवासी समुदायका ८ जातिको पत्रकार संगठन यसको भातृ संस्थाको रुपमा रहेको छ ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284