पोखरामा मेलोडी क्याफेको औपचारिक शुभारम्भ
मेलोडी क्याफे एण्ड लाउञ्ज बारले आजबाट औपचारिक रुपमा आफ्नो सेवा शुरु गरेको छ । झलकमान सारङ्गी पाठशालाका अध्यक्ष धनबहादुर गायकलाई सारङ्गी र मादल हस्तान्तरण गरि प्रमुख अतिथी कवि, साहित्यकार तीर्थ श्रेष्ठले क्याफेको औपचारिक शुभारम्भ गरेका हुन् । क्याफेले पोखराको बाटुलेचौरमा रहेको झलकमान गन्र्धव सारङ्गी पाठशालालाई संगीत सामाग्री ८ थान मादल र सारङ्गी हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कवि साहित्यकार तीर्थ श्रेष्ठले जुनसुकै कर्मको पनि जग बलियो हुन आवश्यक रहेको बताए । उनले भने ‘संगीतलाई मुल आधार मानेर स्थापित मेलोडीले संगीत पाठशालालाई संगीत सामाग्री सहयोग गर्नु नै कर्मको जग पुजा गर्नु हो ।’ नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखराका युवा व्यवसायीको उत्साहको समिश्रणका कारण मेलोडीले व्यावसायिक लय समात्ने कुरामा आफु विश्वस्त रहेको सुनाए ।
‘व्यवसायको दोश्रो पारी खेल्दै गरेको मेलोडी क्याफेमा देखिएको ३ जना अनुभवी खम्बाहरु नै मेलोडीको सफलताको छनक हो ।’ श्रेष्ठले भने । पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष सुनिल थापाले महेन्द्रपुल क्षेत्रको चहलपहलका लागि मेलोडी जस्ता क्याफेको आवश्यकता भएको बताए । ‘सारङ्गी वादनको मौलिक संगीत जगेर्नाका लागि स्थापित पाठशालालाई अहिले सम्म कतैबाट सहयोग उपलब्ध हुन नसकेको बताउदै झलकमान गन्धर्व सारङ्गी पाठशालाका अध्यक्ष धनबहादुर गायकले मेलोडी क्याफेको सहयोगले खुसी भएको बताए ।
गायक समेत रहेका क्याफेका सञ्चालक विनोद बानियाले कार्यक्रममा स्वागत गर्दै मौलिक संगीतको शुरुवात विन्दु मानिने सारङ्गी बचाउने अभियानलाई प्रोत्साहन गर्न शुभारम्भको अवसरमा मादल, सारङ्गी लगायतका सामाग्री हस्तान्तरण गरिएको जानकारी दिए । क्याफेका अध्यक्ष सुरेश पहारीको अध्यक्षतामा भएको कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ्ग लगायतले बोलेका थिए ।
कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालाका प्रशिक्षार्थीहरुले सारङ्गी बादन प्रस्तुत गरेका थिए । १ करोड रुपैयाको लागतमा सञ्चालनमा आएको क्याफेमा पोखराका युवा व्यवसायीहरु गायक विनोद वानिया, सुरेश पहारी र एकराज गिरीको लगानी रहेको छ । भाद्र १ देखि १५ गते सम्म शुभारम्भको अवसरमा क्याफेले मेनुमा १० देखि १५ प्रतिशत सम्म छुट प्रदान गर्ने सञ्चालक एकराज गिरीले जानकारी दिए ।
नयाँ व्यवस्थापन र स्वरुपका साथ क्याफे सञ्चालनमा आइसकेपछि नयाँ सोँचका साथ सामाजिक उत्तरदायित्वका काम गर्न लागिएको क्याफेका अध्यक्ष सुरेश पहारीले बताए । ‘साउन भरि प्रि ओपनिङ गरेका थियौं’ उनले भने ‘प्रि ओपनिङको व्यापारले हामी उत्साहित छौं, औपचारिक ओपनिङ पछि अझ बढि ग्राहकको मन जित्नेछौं भन्नेमा हामी ढुक्क छौं ।’ कार्यालय तथा काममा व्यस्त रहने व्यक्तिहरुलाई मध्यनजर गरि क्याफेले मेलोडी नाइन्टी नाइन स्किम ल्याएको छ । मेलोडी नाइन्टी नाइन खाजाको प्याकेज जम्मा रुपैया ९९ मा उपलब्ध हुनेछ । क्याफेले हरेक साँझ ख्याती प्राप्त कलाकारहरुका साथ लाइभ म्युजिक गर्दै आएको छ । लाइभ म्युजिकमा गायक विनोद वानिया, इतु जोजिजु लगायतका कलाकार रहेका छन् ।
आजको खबर
Follow Us
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38