पाहार ट्रष्ट नेपालको अध्यक्षमा धनबहादुर गुरुङ निर्वाचित
पाहार ट्रष्ट नेपालको सातौं वार्षिक साधारणसभा तथा तस्रो अधिवेशन आज पोखरामा सम्पन्न भएको छ । अधिवेशनले धनबहादुर गुरुङको अध्यक्षतामा आगामी ३ वर्षको लागि नयाँ कार्य समितिको चयन गरेको छ ।

अन्य पदहरुको विभाजन कार्यसमितिको पहिलो बैठकले टुङ्गो लगाउने गरि हाललाई बिजुलीबहादुर गुरुङ, शान्तदेवी गुरुङ, कृष्णबहादुर गुरुङ, भगवान पन्त, रिना रानामगर, लक्ष्मी थापा गिरी र विष्णुहरि तिमिल्सिनालाई सदस्यमा चयन गरेको छ ।

अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै हिमालय मिलन मा.वि.ताङतिङका प्र.अ.ओमप्रकाश गुरुङले ग्रामिण भेगमा सञ्चालनमा रहेको विद्यालयहरुका लागि पाहार ट्रष्टले अभिभावको भूमिका निर्वाह गर्दैआई रहेको भन्दै पाहार ट्रष्टकै प्रेरणाले आफूहरुमा शैक्षिक उन्नति गर्ने जोश जाँगर बढने बताउनुभयो ।

आज भन्दा दुई दशक अघिसम्म ताङतिङ गाउँमा पठनपाठन गर्ने काम सारै कठिन भइरहेको बेला पाहार ट्रष्टकै सहयोगले अहिले सो गाउँमा व्यवस्थित भवनसहित गुणस्तरीय पढाई सञ्चालन भईरहेको उहाँले बताउनुभयो ।
नेपालको ग्रामीण भेगलाई केन्द्रित गरेर विगत २६ वर्षदेखि दुरदराजको गाउँमा विद्यालय भवन निर्माण गर्ने, पुस्तकालय स्थापना गर्ने, स्वास्थ्य चौकी निर्माण लगायतका काम गर्दै आएको सो संस्था २०७० सालमा मात्रै विधिवतरुपमा दर्ता भएको थियो ।
हालसम्म सो ट्रष्टले देशका विभिन्न २२ जिल्लामा २ सयको सङख्यमा भौतिक पूर्वधारहरु निर्माण गरि सयौं बालबालिकाको भविष्य निर्माणमा योगदान दिइसकेका छन ।
कार्यक्रममा ट्रष्टका महासचिव बिजुलीबहादुर गुरुङले प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष कृष्णबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदनलाई बन्दसत्रले छलफल सहित पारित गरेको छ ।
यस्तै ट्रष्टकी अप्रेशनल म्यानेजर कान्ता घलेले ट्रष्टको आगामी कार्य योजनाको प्रस्तुत गर्नुभएको थियो ।
जस अन्तरगत ट्रष्टले यसवर्ष कास्की, लमजुङ, स्याङजा, पर्वत र बाग्लुङमा गरि १८ वटा भौतिक पूर्वधार योजना सञ्चालन गर्नेभएको छ । ७ वटा पुस्ताकालय विकास कार्यक्रम सञ्चालन गरिने भएको छ ।
यस्तै ट्रष्टले गत वर्ष ३ करोड ४९ लाख ६६ हजार विभिन्न दाताहरुबाट प्राप्त गरि ३ करोड ७७ लाख ३५ हजार बराबरको काम गरेको छ ।
कार्यक्रममा ट्रष्टका आजीवन सदस्य विष्णु गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने ट्रष्टका अध्यक्ष चन्द्रबहादुर गुरुङलाई सफलता पूर्वक लामो सयमसम्म ट्रष्टलाई नेतृत्व गरि सबै कर्मचारीलाई अभिभावकत्व प्रदान गरेको भन्दै ट्रष्टका सबै कर्मचारीहरुले मायाको चिनो दिएर विदाइ गरेका थिए ।

ट्रष्टका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष धनबहादुर गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव रिना रानामगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
आजको खबर
Follow Us
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38