लेखनाथ उद्योग वाणिज्य संघद्धारा दैनिक १२ सय जनालाई तयारी खाना खुवाउदै
लेखनाथ उद्योग वाणिज्य संघले पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्मका अति विपिन्न परिवारका लागि दैनिक रुपमा बिहान् र बेलुकाको खाना खुवाउने कार्यक्रम जारी राखेको छ ।

गत वैशााख ९ गते देखि जारी अभियान अन्तरगत प्रत्येक दिन करिव १२ सय जनालाई विहान बेलुकाको खाना खुवाउदै आएको संघका अध्यक्ष बलराम ढकालले जनाकारी दिएका छन् ।
विश्वव्यापी रुपमा फौलिएको कोभिड—१९ को प्रकोपलाई नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउनका कारण घरमा चुलो नवल्ने अवस्थामा पुगेका अति विपिन्न परिवारको समस्यालाई मध्यनजर राख्दै संघले पोखरा २६ को नमस्ते पार्टी प्यालेसमा खाना पकाएर सम्वन्धित ठाउँमा नै खाना पु¥याउदै आएको छ ।

सम्बन्धित वडाको सिफारीस र स्थानिय टोल विकास संस्था तथा आमा समुहको सहयोगमा नामावली संकलन गरि बिहान् ९ बजे र बेलुका ६ वजे खाना तयार गरि पाइक पर्ने विभिन्न ठाउँमा तयारी खाना वितरण गर्दै आएको संघका महासचिव गोपिचन्द्र बास्तोलाले जनकारी दिएका छन् ।
तयार गरिएको खाना वडा नं २८ को कालीकासम्म पु¥याउन अप्ठ्यारो भएकाले वडा नं २८ का लागि राहत सामाग्री नै वितरण गरिएको हो भने वडा नं ३२ को भौगोलिक अवस्थालाई मध्यनजर राखेर राजाकोचौतारमा स्थानियवासीको सहयोग र अन्य सामाजिक संघ सस्थाको समन्वयमा खाना तयार गरि दैनिक रुपमा करिव तिन सय ७० जनालाई तयारी खाना खुवाउदै आएको संघका द्धितिय उपाध्यक्ष विनोद श्रेष्ठको भनाई रहेको छ ।

यो अभियान वैसाख १५ गते सम्म जारी रहने र त्यस पछिको अवस्थालाई हेरेर नयाँ योजना बनाउने संघले जनाएको छ ।
आजको खबर
Follow Us
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38