एमाले गण्डकीको संचारकर्मीसंग नेकपा (एमाले) कार्यक्रम सम्पन्न
पोखरा
संविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले संविधानप्रती बितृष्णा फैलाउने तत्वको सक्रियता बढेको भन्दै ब्यबस्थालाई नै असफल बनाउन हुने हर षडयन्त्रलाई परास्त गर्न राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने उल्लेख गर्नु भयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन संविधानले ब्यबस्था गरेका आधारभुत अधिकारको पूर्ण प्रत्याभूति जनतालाइ दिलाउनु पर्ने बताउनुभयो।संविधानका सम्पूर्ण अधिकारको निर्बाध प्रयोग गर्दै नागरिकहरू पनि राज्यप्रती जिम्मेवार र जबाफदेही हुनु पर्ने बिष्टको भनाइ थियो।नेपालको संविधान धेरै दृस्टीकोणले उत्कृष्ट भएको भन्दै संविधानको कार्यान्वयन गराउने काम सरकारको भएको र सरकारको जिम्मेवारी सम्हालेका पात्रहरू चनाखो हुनुपर्ने बताउनुभयो।
अहिले नै संविधान संसोधनको बिषय निरर्थक हो बिष्टले उल्लेख गर्नुभयो । पार्टी स्थायी कमिटी सदस्य किरण गुरुङले संविधान पूर्ण कार्यान्वयनको दिशामा देश अगाडि बढेको भन्दै अब दृढतापूर्बक संविधान कार्यान्वयनमा लाग्नु पर्ने उल्लेख गर्नुभयो ।
त्यसैगरी स्थायी कमिटी सदस्य खगराज अधिकारीले संविधान निर्माणका क्रममा देखिएका कमि कमजोरी हटाउदै अगाडि बढ्नुपर्ने भन्दै संविधान धेरै ठूलो बलिदानिले आएको उल्लेख गर्नुभयो ।
संविधान क्रमशः सबल बनाउनुपर्ने अधिकारीको भनाई थियो।संविधानको कार्यान्वयन गर्ने पात्रहरूका कमजोरीहरू सुधार्नु पर्ने भन्दै अधिकारीले सुशासन कायम गर्न बर्तमान संविधान सबल भएको बताउनु भयो।प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रदेश कमिटीका उप– सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले गर्नुभएको थियो।
कास्कीका विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरूको उपस्थिति रहेको सो कार्यक्रममा गण्डकी प्रदेश सरकारले संसदमा पेश गरेको आम संचार बिधेयक, गण्डकीको पत्रकारिता, संचारकर्मीका समस्या र समाधानका लागि एमालेले खेल्न सक्ने भूमिकाको बारेमा छलफल भएको गण्डकी प्रदेश प्रचार तथा प्रसार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो ।
आजको खबर
Follow Us
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38